वृद्धाश्रमलाई कलवार समाजको सहयोग

कलवार कल्याणकारी सेवा समाज कास्कीले पोखरा वृद्धाश्रमलाई सहयोग गरेको छ । समाजको स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई आर्थिक सहयोगसहित वृद्धवृद्धालाई समाजले खाना खुवाएको छ ।

संस्थाका अध्यक्ष दिनेशप्रसाद चौधरी, निवर्तमान अध्यक्ष रामआधारप्रसाद गुप्ता, वरिष्ठ उपाध्यक्ष सुरेशप्रसाद चौधरी, महासचिव अशोकप्रसाद चौधरी र समाजको युवा समितिले सदस्यले मंगलबार वृद्धाश्रममै पुगेर सहयोग गरेका हुन् । समाजले वृद्धाश्रम परिसरमा वृद्धारोपणसमेत गरेको छ ।


तराइको बारा, पर्सा, रौतहट, सुनसरी लगायतका जिल्लामा कलवार जातिको बसोबास छ । पोखरामा व्यवसाय, व्यापार आदिको शिलशिलामा आएका उनीहरुले २०६७ सालमा संस्था स्थापना गरेका थिए । रक्तदान, वृद्धारोपण, विभिन्न स्थानमा सहयोगसहित समाजका सदस्यलाई अप्ठेरो पर्दा सहयोगी हात बढाउँदै आएको अध्यक्ष दिनेशप्रसादले बताए ।