समाचार

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने

( चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेका चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ । चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन् । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार… पुरा पढौ

साहित्यकार शिव रेग्मीको निधन

वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको ७८ वर्षको निधन भएको छ।  विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका रेग्मीलाई बुधबार सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उनको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिएका छन्। चिनी र उच्च रक्तचापबाट पीडित भए पनि उनमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उनको निधन भएको जानकारी अस्पतालले दिएको… पुरा पढौ

पाकिस्तानीले श्रीमतीबाट छुटकारा पाउन भारतको सीमाभित्र धकेलिदिए,भारतीय सेनाले हाने गोली

एजेन्सी। कश्मिरको पुलावामामा भएको आतंकवादी आक्रमणपछि यहाँ एउटा अत्यन्तै दुःखद् घटना भएको छ । एक पाकिस्तानी युवकले आफ्नी श्रीमतीबाट छुटकारा पाउन चाहन्थे त्यसपछि उनले आफ्नी श्रीमतीलाई जबरजस्ती भारतको सीमाभित्र धकेलिदिए । बुधबार जब ती महिलाले भारतको सीमामा प्रवेश गरिन् लगत्तै भारतीय सेनाले उनलाई गोली हानिदियो । जवानहरुले नजिक गएर हेर्दा महिला घाइते अवस्थामा भेटिइन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।  भारतीय गुप्तचर एजेन्सीले भने महिलालाई जासुसीको लागि पठाइएको आशंकामा… पुरा पढौ

बंगलादेशमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ७०

बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परेर मृत्यु हुनेको सङ्ख्या ७० पुगेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्। अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बताए अनुसार राति १० बजेपछि आगो लागेको हो। राजधानीको पुरानो र ऐतिहासिक शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो। हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो। आगो नियन्त्रणमा… पुरा पढौ

डा. भट्टराईले लगाए पहिलो पटक दौरा–सुरुवाल

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिलो पटक राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन्। देश दौडाहामा रहेका डा. भट्टराईले पहिलो पटक दौरा सुरुवाल लगाएका हुन्। संगठन निर्माणका क्रममा कर्णाली पुगेका डा. भट्टराईले दौरा सुरुवाल लगाएको फोटो ट्विट गर्दै लेखेका छन्, ‘देश अनुसारको भेष! जीवनमा पहिलो पटक दौरा–सरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो।’ यसअघि ०६५ सालमा अर्थमन्त्री र पछि प्रधानमन्त्री बनेका भट्टराईले कहिल्यै दौरा–सुरुवाल लगाएका थिएनन्।… पुरा पढौ

नेकपाको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको एकता कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । गृहमन्त्री रामबहादुर थापा बादल संयोजकत्वको ९ सदस्यीय कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथिको छलफलपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्डले एकताको खाका प्रस्तुत गर्नु हुने भएको छ । कार्यदलले एकतामा सहमति जुटाउन नसकेपछि अध्यक्षद्वय नै लाग्नु भएको छ । आजको बैठकबाट नेकपाभित्र रहेका तल्ला कमिटीको एकताका बिषयमा टुंगो लाग्ने महासचिव… पुरा पढौ

वारागुङले ग¥यो कागबेनी पीण्डस्थल वरपर सरसफाई

६९ औं प्रजातन्त्र दिवसको अवसरमा वारागुङ गाउपालिका कागबेनीले पीण्डस्थल वरपर सरसफाई गरेको छ ।गाउपालिकाले धार्मिक स्थललाई वातावरणमत्री बनाउन सरसफाईको आयोजना गरेको जनाईएको छ । उपाध्यक्ष ढिकी गुरुङसहित स्थानीय जनप्रतिनिधि , कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगायतको टोलीले कागबेनी धर्मशाला तथा पीण्डस्थल वरपरको क्षेत्रमा सरसफाई गरेको गाउपालिकाका सूचना अधिकारी सुर्य तिमिल्सिना जानकारी दिए । हिउँदयाम तथा बडादशै औसीमा धार्मिक तिर्थालुको आगमनबाट भएको फोहोरलाई गाउपालिकाको टोलीले व्यवस्थापन गरेको तिमिल्सिनाले बताए ।हिउदपछिको गर्मीयाम संगै चैतै… पुरा पढौ

मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन सकारात्मक सोच आवश्यक : कानूनमन्त्री ढकाल

कानून तथा सङ्घीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन सबैले सकारात्मक सोच बनाउनुपर्नेमा समेत जोड दिएका छन् । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले सङ्घीयता सबैका लागि नयाँ विषय भएकाले यसको कार्यान्वयनमा केही अन्यौलजस्तो देखिए पनि सबै विषय समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  उनले वर्तमान सरकारसँग पूर्ण बहुमत हुँदाहुँदै पनि संसद्मा विपक्षी दलसँगको सहमतिमा सर्वसम्मतले कानून निर्माण हुने गरेको बताए । उनले भने, “अहिलेसम्म चिकित्साशास्त्र… पुरा पढौ

पूर्वपत्नी रेहम खानले खोलिन् इमरान खानको पोल

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पुलवामा आक्रमण पाकिस्तानले गराएको भन्ने भारतको आरोपलाई झुटो आरोप भएको बताएपनि उनकी पूर्वपत्नीले इमरानको पोल खोलिदिएकी छन्। इमरान खानकी पूर्वपत्नी रेहम खानले मंगलबार इमरान खानले दिएको अभिव्यक्ति उनको आफ्नो नभएको दाबी गरेकी छन्। ‘मंगलबार इमरान खानले भिडियोमा जुन वक्तव्य दिएका थिए, त्यो उनको होइन, उनी त स्क्रिप्ट पढिरहेका थिए। उक्त स्क्रिप्ट पाकिस्तानी सेनाले दिएको थियो। इमरान सेनको कठपुतली हुन्,’ उनले भनेकी छन्। पेशाले पत्रकार रहेम… पुरा पढौ

मानव बेचबिखन विरुद्धको अभियानमा शक्ति समूह

मानव बेचबिखन विरुद्धको अभियान अन्तर्गत मंगलबार पोखरामा शक्ति समूहले यातायात व्यवसायी तथा ट्याक्सी चालकसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा ५० जना बस तथा ट्याक्सी चालकको सहभागिता रहेको थियो।कार्यक्रममा मानव बेचबिखनमा बस तथा ट्याक्सी व्यवसायीले भुमिका बारे चर्चा गरिएको थियो।शक्ति समूहकी कार्यकारी निर्देशक मानव बेचबिखन विरुद्ध अभियानकी अभियान्ता सुनिता दुनुवारले मानब बेचबिखन जस्तो धृणित कार्य रोकथामका लागि चालकहरुले कसरी सहयोग पुर्याउन सक्छन् साथै शक्ति समूहको परिचयसहित कास्की जिल्लामा सञ्चालित कार्यक्रम बारे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं