३ नदीको पानी रोक्ने भारतको निर्णय

कश्मिरको पुलवामा भएको आत्मघाती आक्रमणको जिम्मेवारी जैस ए मोहम्मद नामक संगठनले लिईसकेको छ तर भारत भने घटनामा पाकिस्तानको हात रहेको दाबी गर्दे आएको छ । जैस ए मोहम्मद संगठन पाकिस्तानमा नै आश्रृय लिईरहेको कारण भारतले पुलवा घटनाको जिम्मेवार पाकिस्तानलाई बनाईरहेको छ ।

यता पाकिस्तानले उक्त आरोपको खण्डन गर्दे पुलवा घटनाको छानबिनका लागि आफुले सहयोग गर्ने घोषणा गरिसकेको छ । तथापी भारत पाकिस्तानप्रति आक्रमक बनिरहेको छ । बलिउडमा पाकिस्तानी कलाकारहरुको प्रतिबन्धदेखि लिएर पाकिस्तानी क्रिकेटरहरुको तस्बिर हटाउनेदेखि लिएर उसले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशनको सुविधा पनि खोसिसकेको छ।

भारत पाकिस्तानप्रति आक्रमक बन्ने सिलसिला भने रोकिएको छैन । भारतले पाकिस्तान जाने आफ्ना तीन ठुला नदीको पानी रोक्ने भएको छ । केन्द्रीय मन्त्री नितिन गडकरीको कार्यालयले बीबीसीसंगको कुराकानीमा यो निर्णयदीर्घकालीन योजना भएको समेत बताएका छन् । पाकिस्तान जाने तीन नदीको पानी रोक्ने निणर्यपछि सिन्धु जल सन्धी के होला भन्ने प्रश्न पनि उठेको छ तर भारतले पाकिस्तानसंग गरेको सिन्धु जल सन्धी भने यथावत रहने बताएको छ ।

पुलवा आक्रमणपछि मोदीलाई पाकिस्तानसंगको सिन्धु जल सन्धी तोड्न पनि दबाब थियो तथापी भारतले यो सन्धी भने नतोडने भएको छ । उता पाकिस्तानले पनि सिन्धु जल सन्धी तोडे मोदीको सबैभन्दा ठुलो भुल हुने चेतावनी पनि दिएको थियो । पुलवा आक्रमकको काण नै भारतले पाकिस्तान जाने नदी रोक्ने निर्णय गरेको बताईएको छ । तर भारतले भने यस आरोपलाई अस्वीकार गरेको छ । गडकरीको कार्यालयका अनुसार रावी, सतलज र ब्यास नदीको पानी बाँध बनाएर रोक्ने निर्णय पुलवा घटना हुनु भन्दा अघि नै गरिएको थियो ।

शाहपुर–कांडी बाँध बनाउने काम पुलवा आक्रमण भन्दा अघि नै सुरु भएको थियो । गडकरीको कार्यालयका अनुसार अब मन्त्रीमण्डलले अन्य दुई बाँध बनाउने निर्णय गर्नेछन् । भारत र पाकिस्तान बिभाजन हुदा ३ नदी भारतलाई र ३ नदी पाकिस्तानको भागमा परेको थियो । तर भारतको हिस्सामा रहेको नदीको पानी पाकिस्तान गएकोले सो पानीलाई रोकेर यमुनामा फिर्ता ल्याउने भारतको योजना हो । उता सिन्धु जल सन्धी अनुसार चाही भारतले आफना नदीको पानी पाकिस्तानसंग बाँड्ने गर्छ ।

सिन्धु जल सन्धी सन् १९६० मा भारत र प्रधानमन्त्री जवाहरलाल नेहरु र पाकिस्तानका राष्ट्रपति अयूब खानले गरेका थिए । यो सन्धी अनुसार सिन्धु नदीको सहायक नदीलाई पूर्वी र पश्चिमी नदीमा बाँडिएको थियो ।पाकिस्तानको पंजाब र सिन्ध इलाकाको कृषिका लागि त्यहीबाट पानी पाउने गर्छ भने भारतले पनि पाकिस्तान नदीको केही सिमित अधिकार पाएको छ जसबाट उसले बिजुली उत्पादन, कृषिका लागि उपभोग गर्दे आएको छ ।

सम्झौता अनुसार कसैले पनि एकतर्फी रुपमा यो सन्धी तोड्न सक्दैन वा परिवर्तन गर्न सक्दैन । त्यसैले यदि यो सन्धी तोडिएको खण्डमा पाकिस्तानलाई मात्र होईन भारतलाई पनि ठुलो क्षती हुनेछ । सोही कारण पनि भारत पाकिस्तानसंग रुष्ट भए पनि सिन्धु जल सन्धी भने तोड्ने पक्षमा देखिएको छैन ।