दीपक परियारलाई बाबा आनन्द पुरस्कार
बाबा फाउन्डेसन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार २०७५ बाट दीपक परियार सम्मानित भएका छन् ।कान्तिपुर दैनिकमा कार्यरत परियारलाई सोमबार पोखरामा आयोजित एक समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, फाउन्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठले नगद १९ हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे । यो पुरस्कार स्वर्गीय आनन्दराज श्रेष्ठको स्मृतिमा उनको परिवारबाट स्थापित भएको हो । पोखरा ३२ निवासी परियारले जनदिशा राष्ट्रिय दैनिकबाटबाट पत्रकारिता सुरु गरेका थिए…
पुरा पढौ
मुस्ताङका उत्कृष्ट ५ उद्यमीलाई सम्मान गरिने
घरेलु तथा साना उद्योग बिकास समिति मुस्ताङले जिल्लाका उत्कृष्ट ५ उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने भएको छ ।उद्योग दिवस २०७५ को अवसरमा आउदो १५ गते शनिवार थासाङको लेतेमा हुने बृहत घुम्ती शिविरमा उद्यमीलाई सम्मान गरिने जनाईएको छ । जिल्ला समन्वय समितिकी प्रमूख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा आईतबार जिल्ला प्रशासन कार्यालयमा भएको बसेको बैठकले उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको हो ।बैठकले उत्कृष्ट ५ उद्यमी छनौटका लागि समिति गठन गरेको छ ।…
पुरा पढौ
मुस्ताङको छेङ्गुर खोला किनारामा शब फेला
मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका १ छेङ्गुरमा बेवारिसे शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीलेका अनुसार करिव २ छेङ्गुर खोला किनारामा शनिवार सांझ ६ बजे यूवाको शब भेटिएको हो । गहुगोरो बर्ण,शरिर मझौला, कपाल छोटो र उचाई ५ फिट ५ ईन्च भएको उक्त यूवाले निलो जिन्स पाईन्ट र हरियो जुत्ता लगाएका छन् । अन्दाजी २८ देखि ३० वर्ष उमेरबीचका उक्त यूवा आर्य समूदायको जस्तो हुलिया…
पुरा पढौ
पर्यटकको गन्तव्य स्थान बन्दै “हर्स शु माउण्टेन रिसोर्ट”
प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल सिन्धुपाल्चोक मुडेमा रहेको सम्पूर्ण सुबिधा सम्पन्न हर्स शु माउण्टेन रिसोर्टू आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ । सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको होटल अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ् स्थल, सुविधा सम्पन्न रेस्टुरेन्ट होटलमा आउने अतिथि तथा ग्राहकहरुलाई राम्रो आथित्य तथा होटलमा भएका सम्पुर्ण सुबिधा उपभोग गर्न र प्राकृतिक छटाले भरिएको रेष्टुरेन्टमा कन्टिनेन्टल, इन्डियन, इटालियन लगायत सि फुडको व्यवस्था छ । यस…
पुरा पढौ
यातायात सवारीको राजस्व संकलन ८६ करोड
यातायात व्यवस्था कार्यालय (सवारी)पोखराले आर्थिक वर्ष २०७३/७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व संकलन गरेको छ ।सो कार्यालयले आव ०७३/०७४ मा ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा ८५ करोड ९४ लाख ४३ हजार राजश्व संकलन गरेको छ । यो कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा…
पुरा पढौ
पोखरामा पाउलो फ्रेकोको चर्चा
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार पाउलो फ्रेको शैक्षिक दर्शनबारे चर्चा भएको छ । प्रतिष्ठानका उपाध्यक्ष सुरज पौडेलले ‘पाउलो फ्रेको शैक्षिक दर्शन र नेपालको शिक्षामा यसको प्रभाव’ शीर्षकको छलफल पत्रमा फ्रेले उपनिवेशकालीन ब्राजिलियन समाजको पृष्ठभूमिमा आलोचनात्मक सचेतना सिद्धान्त प्रतिपादन गरेको बताए । उनले भने, नेपालमा भएको शैक्षिक विकासलाई पनि उनको दार्शनिक मान्यताबाट विश्लेषण गर्न सकिने सम्भावना पनि छ । छलफल पत्रमा प्राडा विष्णुप्रसाद पौडेल, डा.यमनाथ तिमिल्सिना, डा. जगन्नाथ रेग्मी,…
पुरा पढौ
सेकुङ संरक्षणमा जोड, फलामे डस्मिन राखियो
मुस्ताङको थासाङ २ सेकुङ तालमा फलामे डस्मिन राखिएको छ ।पर्यटकले फ्याक्ने फोहोर व्यवस्थापनका लागि तालको चारैतिर डस्मिनको व्यवस्था गरिएको हो । जिल्ला यूवा समिति मुस्ताङको पहलमा पर्यटकीय गन्तब्य सेकुङ तालमा सनिवार ४ वटा फोहोर व्यवस्थापन गर्ने फलामे डस्मिन राखिएको समितिका अध्यक्ष सम्राट गौचनले जानकारी दिए ।उनका अनुसार तालको सौन्दर्यता जोगाउन फोहोर व्यवस्थापनका लागि दिर्घकालीन फोहोर फाल्ने डस्मिन राखिएको बताए ।यसका लागि माछापूच्छ«े बैक लिमिटेडले ४ वटा ४० हजार मुल्य बराबरको…
पुरा पढौ
प्याब्सन कास्कीमा नयाँ समिति
प्याब्सन कास्कीको १८ औँ जिल्ला अधिवेशनले प्रेमप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेल, उपाध्यक्षमा राम गुरुङ र उमा लामिछाने, सचिवमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी, सहकोषाध्यक्षमा नवीन बराल, सहसचिवमा पुष्पराज पराजुली, र देवप्रसाद बास्ताकोटी निर्वाचित भए । सदस्यमा सन्दीप अधिकारी, नारायण शर्मा चापागाई, मोहन पौडेल, नीलकण्ठ आचार्य, डा. टेकनारायण पौडेल, नरेश बराल, अञ्जु बराल अधिकारी र कौशल्या गुरुङ छन् । गाउँपालिका फोकल पर्सनमा रवीन्द्रमोहन…
पुरा पढौ
तनहुँका ६ तहमा मोबाइल एप्स
तनहुँका ६ स्थानीय तहले मोबाइल एप्स बनाएका छन् । १० स्थानीय रहेको जिल्लाका सबै नगरपालिकाले मोबाइल एप्स बनाइसकेका छन् । व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा आइसकेको छ । देवघाट र म्याग्दे गाउँपालिकाले मात्रै मोबाइल एप्स बनाएका छन् भने आँबुखैरेनी, बन्दीपुर, रिसिङ र घिरिङ बाँकी छन् । व्यासको मोवाइल एप्स बिहीबार तयार भएको छ । व्यास नगरपालिकाले प्रवाह गर्ने सेवाका बारेमा गुनासो भए मोबाइल…
पुरा पढौ
रानीमहल सिंगार्दै प्रदेश ५
नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका वातावरणमन्त्री लीला गिरीले बताए । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताए…
पुरा पढौ