कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठ रहेनन्

नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८७ वर्षको उमेरमा शनिवार दिँसो आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

हस्पिटलमा रहेको श्रेष्ठ स्वास्थ्यमा सुधार आएपछि आफ्नो निवासमा फर्किएको पारिवारिक सदस्यले बताए । नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता श्रेष्ठ दर्शनको व्याख्याता समेत हुन् । उनले कम्युनिस्ट आन्दोलन र दर्शन सम्बन्धी थुप्रै पुस्तक लेख्नुका साथै अनुवाद समेत गरेका छन् ।