६४ प्रहरी निरीक्षकलाई बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयमा शनिबार राति बसेको बढुवा समितिको बैठकले जनपदतर्फका प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरीले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम ४ को प्रावधानअनुसार बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए।