रामबहादुर बम्जन गायब

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन कहाँ छन् भन्ने जानकारी नभएकाे प्रहरीले बताएकाे छ ।

तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए ।

बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् ।

बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन नभएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

आश्रमभित्र अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुव्र्यहार भएको जस्तो आरोप लागेपछि बम्जन सार्वजनिक भएका छैनन् ।

गत माघ ६ गते ३ महिने मैत्री धर्म प्रज्ञा प्रशिक्षण समापन विश्व शान्ति महामैत्री पूजाको कार्यक्रममा बम्जनले सम्बोधन गर्ने कार्यक्रम थियो तर उनी सुरक्षा चुनौती रहेको भन्दै सार्वजनिक भएका छैनन् ।