नाट्टा गण्डकी प्रदेशले मातहतका सदस्यलाई टिकट बुकिङ तालिम दिएको छ । ३ दिनसम्म चलेको तालिमको समापन समारोहमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणि लामिछानेले प्रविधिको उल्लेख्य विकास भएको बताउँदै व्यवसायी पनि प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता औंल्याए ।
अबको समयमा व्यवसायी स्वयं सक्षम बन्नुपर्नेमा उनले जोड दिए । व्यवसायीलाई आवश्यक तालिमका लागि नेपाल पर्यटन बोर्ड सकारात्मक रहेको उनले बताए ।
सेभर नेपालका बजार तथा तालिम व्यवस्थापन संयोजक आकृति ताम्राकारले तालिममा सहजीकरण गरेकी थिइन् । उनले तालिममा सिकेका ज्ञान व्यवहारमा लगाउन सके आफ्नै कार्यालयमा बसेर कार्यालयमै बसेर संसारका जुनसुकै ठाउँका लागि टिकट बुक गर्न सक्ने बताइन् ।
सेभर नेपालका प्रबन्ध निर्देशक उदयकिरण शुक्लाले पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रसङ्ग जोड्दै आगामी दिनमा पोखरामा पर्यटन विकासको थप सम्भावना रहेको बताए ।
सेभर नेपाल सहयोगी तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको तालिममा ३३ जनाको सहभागी थिए । नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा तालिम संयोजक कुलचन्द्र शर्मा, महासचिव हरिराम अधिकारी, नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देल, द्वितीय उपाध्यक्ष झवि अधिकारी, प्रशिक्षार्थी रमेशकुमार थापा, कार्यक्रम संयोजक चेतन कार्की लगायतले बोलेका थिए ।






