साउदी राजकुमार आज भारत जाँदै

साउदी राजकुमार मोहम्मद बीन सलमान पाकिस्तानको २ दिने भ्रमणपछि आज भारत जाँदैछन् ।

भारतमा राजकुमार सलमानले  प्रधानमन्त्री नरेन्द्र मोदी र पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गर्नेछन् । सलमान र भारतबीच दुबै देशको रक्षा सम्बन्धी मुद्धामा चर्चा हुने बताईएको छ । भर्खरैमात्र पाकिस्तानको भ्रमण सकेर आउन लागेका सलमानसंगको भेटमा भारतले पाकिस्तानले प्रायोजित गरेको आतंवादको मुद्धालाई गम्भिररुपमा उठाउने बताईएको छ ।

उसले बिषेश गरी भर्खरै मात्र कश्मिरको पुलवामा भएको आत्मघाती आक्रमणका बारेमा कुरा गर्ने बताईएको छ । साथै भारतले सलमानसंग आतंकवाद र चरमपंथीहरुसंगको लडाईमा आफुलाई साथ दिने  बिषयमा साउदीसंग छलफल हुने बताईएको छ । त्यसो त पुलवा घटनापछि साउदीले भारतलाई उसको पक्षमा रहेको भन्दै घटना कायरतापुर्ण भएको बताएको थियो भने उक्त घटनाको पनि साउदीले आलोचना गरेको थियो । तर साउदी भारतकै अनुरोधमा पाकिस्तानबिरोधी काममा हिड्ने कुनै सम्भावना छैन ।

किनकी पछिल्लो पटक इमरान खान प्रधानमन्त्री बनेसंगै साउदी र पाकिस्तानको सम्बन्ध झनै उचाईमा पुगेको छ । तथापी  साउदी राजकुमारको भारत भ्रमणमा उसले पाकिस्तानबिरुद्धको मुद्धाहरु उठाउने तयारी गरिरहेको छ । साथै यो भ्रमणले साउदी र भारतको सम्बन्ध अझै प्रगाढ हुने भारतले विश्वास गरेको छ ।