समाचार

‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ भव्य रुपमा सम्पन्न

बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। शनिबार काठमाडौंको होटल र्‍याडिशनमा आयोजना भएको कार्यक्रममा महानायक राजेश हमाल, पत्रकार ऋषी धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको थियो। फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले उक्त अवार्ड प्रदान गरेकी हुन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हमाल, धमला, हिमालयन टाइगर लगायतलाइ उक्त अवार्ड… पुरा पढौ

चट्याङ लागेर एकको मृत्यु ,१० घाइते

शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश गरिएको छ । पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान गएको र भाइ… पुरा पढौ

मुस्ताङमा पाचौं पटक हिमपात

मुस्ताङमा पूनःफेरी पाचौं पटक हिमपात भएको छ ।पूस र माघ महिनापछिको यो पहिलो हिमपात हो ।हिउँदयामको मौसममा बेशी झरेका मुस्ताङी धमाधम जिल्ला फर्कने समयमा हिमपात भएको छ । यसअघिको लगातारको हिमपातपछि शुक्रबार साँझ देखि पूनःहिमपात सुरु भएको जनाईएको छ ।हिमपात यसैगरी जारी रहे भोली बिहान सम्म दुई फिट बढी हिउ पर्ने जोमसोमका स्थानीय अजित थकालीले बताए ।शनिबार साँझ पनि उपल्लो मुस्ताङमा पूनः भारी हिमपात भएको लो–घेकर गाउपालिका चराङका वडाअध्यक्ष टाई… पुरा पढौ

चट्याङ लागेर २ घाइते

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उनका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ । घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो । सोही ठाउँका जयसिंह खत्रीको घरमा… पुरा पढौ

अब म लड्न जाने भएँ ढुक्क हुनुस्:अध्यक्ष पुष्पकमल दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारसँग लड्ने घोषणा गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियनको पहिलो भेलामा प्रमुख अतिथिका रूपमा पुगेका दाहालले शिक्षकका मागबारे सरकारसँग लडाइँ लड्ने बताएका हुन् ।  कार्यक्रमका वक्ताले प्रचण्डलाई जहिल्यै सकारात्मक आश्वासन दिइराख्ने, तर आफूहरुले पुराना माग राखिराख्नुपर्ने अवस्था रहेको भनेर आरोपको जवाफमा दाहालले भने,  ‘मैले हुन्न भनेको भए पो धेरै गुनासो गर्नु !’ उनले आफूले शिक्षकहरुको माग बुझेको र त्यो पूरा गर्न लागि पर्ने आश्वासन दिँदै… पुरा पढौ

महिलालाई चालक तालिम

नारी स्वतन्त्र मञ्च नेपाल सुनसरीले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले चालक प्रशिक्षण तालिम बिहीबारदेखि शुरु भएको छ । तालिमको धरान उपमहानगरकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले ट्याम्पु चलाएर उद्घाटन गरिन् । १५ दिनसम्म चल्ने तालिममा ७ जना महिलाहरू सहभागी छन् । कार्यबाहक प्रमुख भण्डारीले महिलाहरूको सीप र व्यक्तित्व विकासका लागि नगरले सक्दो सहयोग गर्ने बताइन् । उनले आर्थिक अवस्था कमजोर भएका महिलाहरूको आर्थिक विकासका लागि समेत नगरले सहयोग गर्ने बताइन् ।… पुरा पढौ

सङ्कटकाल घोषणा गर्ने ट्रम्पको तयारी

आप्रवासीहरुप्रति आक्रामक बन्दै आईरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसंग जोडिएको सिमानामा पर्खाल बनाउन भन्दै सांसदमा ५ अर्ब ७० करोड डलर बजेटको माग गरेका थिए । तर सांसदहरुले उनको यस प्रस्तावमा सहमती जनाउन अस्वीकार गरेका थिए । पछि ट्रम्पले सरकारी कामकाज नै ठप्प पार्ने चेतावनी दिएपछि केही समय अगाडी सांसदहरुले १ अर्ब ४० करोड अमेरिकी डलर बजेट विनियोजनका लागि सहमती जनाएको खबर थियो । यता ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने… पुरा पढौ

जम्मूकश्मिरमा ४०जना भारतीय सुरक्षाकर्मीको मृत्यु

भारत प्रशासित कश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ४० जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो ।  श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो ।  मारिएका केही व्यक्तिहरुको शवको परिचय पनि खुल्न नसकेको हुनाले यसको लागि केही समय लाग्ने… पुरा पढौ

त्रिवि समाजशास्त्र केन्द्रीय विभागमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा तालाबन्दी भएको छ । विभागले गर्न लागेको आंशिक शिक्षकको पदपूर्तिप्रति विरोध जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले शुक्रबार दिउँसो तालाबन्दी गरेका हुन् । विद्यार्थी संगठनहरूले एक विज्ञप्ति जारी गरी अनावश्यक रूपमा विभागले आंशिक शिक्षकका लागि विज्ञापन गरेकाले प्रक्रिया रोक्न माग गर्दै तालाबन्दी गरेको उल्लेख गरेका छन् । अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्ट र अखिल क्रान्तिकारी त्रिवि समिति अध्यक्ष लोकेन्द्र… पुरा पढौ

प्रेम दिवसकै दिन बहिनीको प्रेमीको गरे हत्या

उत्तर प्रदेश को सीतापुर जिल्लामा, एक व्यक्तिले प्रणय दिवसका दिन बहिनीको प्रेमीको हत्या गरेका छन । मृतक उनकै साथि रहेको जानइएको छ । आफ्नो बहिनी र साथिका बिचमा प्रेम सम्बन्ध भएको थाहा पाएपछि ति व्यक्तिले ,आफ्नै साथिको गोली हानेर हत्या गरेका हुन । उनलाई आफ्नो साथिको व्यवहारले रिस उठ्यो र उनले बहिनीको प्रेमीको हत्या गरे । सितापुर बसपार्क नजिकैको रेस्टुरेन्टमा हत्या गरिएको थियो । शानु नाम भएका ति व्यक्तिले आफ्ना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं