समाचार

७८ लाख घुस खाएका पाठकले दिए राजिनामा

 नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद सल्टाई दिने भन्दै ७८ लाख घुस खाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन् । पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७८ लाख घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए ।  हिजो मात्रै कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच शुरुमा राजीनामा गर्न समय दिने र… पुरा पढौ

११वर्षीया बालिकाकाे बलात्कारपछि जलाएर हत्या

धनुषा जिल्लाकाे जनकपुरधाममा  विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या भएकाे छ ।  बलाल्कार भएकी बालिकाकाे आधा शरीर जलेको अवस्थामा शव फेला परेको हो । जनकपुर मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै विहेभोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिएका छन् ।… पुरा पढौ

बलात्कारको आरोपमा हवल्दार पक्राउ

दाङमा बलात्कारको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय फुलवारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई बलात्कारको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले बिहिबार राति एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले भने, ‘पीडित महिलाको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ।’ प्रहरी हवल्दार चन्दले प्रहरी हुँ भन्दै ढोका खोल्न लगाएर मुख… पुरा पढौ

आईएसआई र अलकायदाको रकम नेपालका आईएनजीओमा

सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमार्फत अर्बाैं रुपैयाँ भित्राईरहेको हुन सक्ने आशंका गरेको छ । आईएनजीओबाट नेपाल भित्रिने अर्बाैं रुपैयाँ अपारदर्शी रहेको र स्रोत खुल्न नसकेको भन्दै आयोगले सबै आईएनजीओलाई सूक्ष्म निगरानीमा राखी अध्ययन गर्नसमेत सरकारलाई सुझाएको छ । सरकारले समाज कल्याण परिषद्मा देखिएको अनियमितता र विकृतिबारे छानबिन गर्न पूर्वमुख्य न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय… पुरा पढौ

कला साहित्य उत्सव–२०७५ काे तयारी

रिडर्स झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि सुरु हुने भएको छ ।  झापाको मेचीनगर-६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव-२०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी रिडर्सले जानकारी दिएको हो । फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज र फोटो प्रदर्शनी एवं नाटक मञ्चन गरिने कार्यक्रमका संयोजक… पुरा पढौ

७६ वर्षीया वृद्धा बलात्कृत

मादक पदार्थ सेवन गरी ७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–५ का २३ वर्षीय कुमार लिम्बू रहेको झापा प्रहरीले जनाएको छ । लिम्बूले मापासे गरेर वृद्धालाई जवर्जस्ती करणी गरेको आरोप लागेको छ । वृद्धालाई करणीको प्रयास भएको उनका श्रिमानले देखेपछि तत्काल इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए । श्रीमान्ले सीमा प्रहरी चौकी नकलबन्दामा उजुरी दिएपछि लिम्बूलाई बुधबार बेलुका पक्राउ… पुरा पढौ

हामी निर्दोष छौँ, बलात्कारी हामी नै सार्वजनिक गर्छौँ : बम दिदीबहिनी (भिडियो सहित)

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहान्छन् ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे । निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको घरमा आएर करिब ३ घण्टा पढ्न पाठन गरेर फर्किएको स्विकार गर्दै बम दिदीबहिनीले त्यसपछिको घटनाका बारेमा केही जानकारी नभएको… पुरा पढौ

सवारी लाइसेन्सका लागि अब पर्खिनु नपर्ने

चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरीद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । विभागले चालक अनुमतिपत्र छपाइकै लागि १० लाख कार्ड मगाइएको उनले बताए । “यो कार्ड… पुरा पढौ

मालढुङ्गा सडक दैनिक ७ घण्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ । जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुने गरी समयतालिका बनाएको हो । जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तार गर्ने मालढुङ्गा–बेनी सडक आयोजना निर्माण कम्पनीका प्रतिनिधि अमृतकुमार श्रेष्ठले जानकारी दिए… पुरा पढौ

शिब भुजेलको दुबै खुट्टा काटियो, बाबु २५ बर्षदेखि बेपत्ता, आमा दिनरात रक्सी पिउछिन्

करिब पाँच वर्ष पहिले भाईथेवा गुरुङले चलाई रहेको ग१ख ९४० नम्बरको मिनि बस मट्टिखानबाट पोखराका लागी झर्दै गर्दा कुभिन्डे भिरपोईन्टमा दुर्घट्नामा परे । दुर्घटना पुर्व चालक गुरुङले गाडिको ब्रेकफेल भएको सुचना सहित सर्तक रहन पनि सझाएका थिए ।   यात्रुहरुले भरिएको गाडी ब्रेक फेलको सामनाका लागी सुरक्षित स्थानको खोजिमा नालीमा पल्टिन पुग्यो । ढोकामा उभिएर सहयोगी (सहचालक) को काम गरि रहेका शिव नाली भित्र छिर्न पुगे । गाडीले नालीमा एक बल्ढेङ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं