मुस्ताङमा पाचौं पटक हिमपात


मुस्ताङमा पूनःफेरी पाचौं पटक हिमपात भएको छ ।पूस र माघ महिनापछिको यो पहिलो हिमपात हो ।हिउँदयामको मौसममा बेशी झरेका मुस्ताङी धमाधम जिल्ला फर्कने समयमा हिमपात भएको छ ।
यसअघिको लगातारको हिमपातपछि शुक्रबार साँझ देखि पूनःहिमपात सुरु भएको जनाईएको छ ।हिमपात यसैगरी जारी रहे भोली बिहान सम्म दुई फिट बढी हिउ पर्ने जोमसोमका स्थानीय अजित थकालीले बताए ।शनिबार साँझ पनि उपल्लो मुस्ताङमा पूनः भारी हिमपात भएको लो–घेकर गाउपालिका चराङका वडाअध्यक्ष टाई ढुन्डुक गुरुङले जानकारी दिए ।

यसअघि चराङकबासीले २ पटक सम्म चराङ खोला देखि चराङ सम्मको हिउँ सफागरी सडक सूचारु गरेको भएपनि पूनः हिउँ पर्नाले उनीहरुको प्रयास खेर गएको हो ।पटक पटकको लगातार परेको हिमपातले यो सिजन मुस्ताङबासीले सास्ती व्यवहोर्दै आएका हुन् ।


जिल्लाको तल्लोक्षेत्र थासाङ गाउपालिकामा समेत हिउ परेको जनाईएको छ ।हिमपात नरोकिए पूनः नरोकिए मुस्ताङ पुरै यातायात सेवा अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।मौसम प्रतिकुल र हिमपातका कारण मुस्ताङको बिद्युत र संञ्चार सेवा अपन डाउन भैईरहेको छ ।केही दिन अघि परेको हिमपातले कागबेनी मुक्तिनाथ सडकखण्ड प्रभावकारी रुपमा संञ्चालन हुन सकेको छैन ।त्यहा ठुला सवारी र हलुका टू ह्वील सवारी पुग्न सकेका छैनन् भने फोर ह्वील जीपले मनोमानी ढंगले भाडा असुलेर यात्रु ओसार पोसार गरिरहेका पाईएको छ ।

शुक्रवारको हिमपात जारी रहे जोमसोम मुक्तिनाथ खण्ड पूरै अवरुद्ध हुने जनाईएको छ ।मुस्ताङमा फागुन १ गते देखि खोलिएका मुस्ताङका सामूदायिक बिद्यालयलाई हिमपातले प्रभावित हुने लक्षण देखिएको छ ।