प्रेम दिवसकै दिन बहिनीको प्रेमीको गरे हत्या

उत्तर प्रदेश को सीतापुर जिल्लामा, एक व्यक्तिले प्रणय दिवसका दिन बहिनीको प्रेमीको हत्या गरेका छन ।

मृतक उनकै साथि रहेको जानइएको छ । आफ्नो बहिनी र साथिका बिचमा प्रेम सम्बन्ध भएको थाहा पाएपछि ति व्यक्तिले ,आफ्नै साथिको गोली हानेर हत्या गरेका हुन ।

उनलाई आफ्नो साथिको व्यवहारले रिस उठ्यो र उनले बहिनीको प्रेमीको हत्या गरे । सितापुर बसपार्क नजिकैको रेस्टुरेन्टमा हत्या गरिएको थियो ।

शानु नाम भएका ति व्यक्तिले आफ्ना ३४ वर्षीय मित्र धर्मेन्द्र सिंहलाई गोली हानी हत्या गरेपछि केही समय पछि धमेन्द्रको ज्यान गएको थियो ।

प्रहरीको जानकारी अनुसार शानु घटना पछि गिरफ्तार भएका थिए । प्रहरीले हत्यामा प्रयोग गरिएको स्वदेशी पेस्तोल पनि बरामद गरेको छ ।

मृतक धर्मेन्द्र अभियुक्त शानुको घरमा भाडामा बसिरहेका थिए । उनी शानुको बहिनीसँग प्रेम सम्बन्धमा थिए ।

शानुले यो सम्बन्धको विरोध गरे तर तिनीहरू दाईको कुरा सुन्न मानेनन् । यसैले उनले धर्मेन्द्रलाई मारे ।

पुलिसका अनुसार, हत्याको यो सम्पूर्ण घटना रेस्टुरेन्टको सीसीटीवी क्यामेरामा रेकर्ड गरिएको थियो ।