समाचार

सिर्जना सहित्य सदनमा टेकनाथ पीडित

सिर्जना साहित्य सदनको आठौं अधिवेशनबाट टेकनाथ ‘पीडित’ अध्यक्षमा सर्वसम्मत भएका छन् । उपाध्यक्षमा एकदत्त लम्साल, सचिवमा पदम नेपाल, सहसचिवमा राधिका लम्साल, कोषाध्यक्षमा टीकाराम लम्साल एवम् सदस्यहरुमा भानुभक्त अविरल, मेनका पोखरेल, शोभामोहन लम्साल, पार्वती पोखरेल, नरबहादुर कार्की, शिवप्रसाद पोखरेल, राधिका जिसी, शशि अधिकारी र राम नेपाली छन् । अधिवेशनपछि बसेको नयाँ कार्यसमितिको प्रथम बैठकले ७ सदस्यीय सल्लाहाकार समिति चयन गरेको छ । मनोनीत सल्लाहकारमा महेश्वर पोखरेल, सूर्यप्रसाद लम्साल, रविलाल पोखरेल, हरिश्चन्द्र… पुरा पढौ

जोमसोम–कोरला’ ग्राभेल सडक चालु आर्थिक वर्षमा सम्पन्न हुने

उत्तर–दक्षिण जोड््ने व्यापारीकमार्ग बिस्तारित आयोजना अन्तर्गतको जोमसोम–कोरला ग्राभेल सडक बिस्तारकार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने जनाईएको छ ।प्रदेश नम्बर ४ कै आर्थिक समृद्धिको मुख्य ढोका बनेको बहुचर्चित कोरला राष्ट्रिय शाखा राजमार्गको दुरी जोमसोम देखि कोरला सम्म १ सय १० किलोमिटर छ ।त्यस्तै बेनी–जोमसोम सडकखण्ड ७४ किलोमिटर छ । दुईलेनको ग्राभेल सडक बिस्तार हुदै गरेको उक्त सडकको स्तरोन्नति २०७४ सालबाट सुरु गरिएको हो ।करिडोर सडकले यहा ९० प्रतिशत काम सम्पन्न भएको… पुरा पढौ

बिरामी श्रीमती कुर्न बसेका श्रीमानले घाँटी थिचेर श्रीमती मारेको आरोप

घरायसी झगडाका कारण गत पौष १२ गते पोखरा १४ चाउथेकी  शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार पौष ११ गते राती रुदै शुसीला उनको घरमा गईन् । श्रीमानले बारम्बार कुट्ने गरेको, थर्काउने गरेको र आफू मरेमा आफ्ना सन्तानलाई हेरीदिन उनले आग्रह गरेकी थिईन् ।  अस्पतालले प्यालराईसिस भनेर केही समय भर्ना गरेर राख्यो । करिब २० दिन… पुरा पढौ

नेपाली सेनामा कार्यरत एक जवान लागु औषधसहित प्रक्राउ

नेपाली सेनामा कार्यरत एक जवान अवैध लागुऔषधसहित प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका घर भएका ऐकन्द्र शाही रहेका छन् । शाहीलाई काठमाडौ महानगरपालिकाको वडा नम्बर–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट खैरो हेरोइनसहित प्रक्राउ गरिएको हो । उनी हाल नेपाली सेनाको ललितपुरस्थित ब्यारेकमा कार्यरत रहेका छन् । शाहीको साथबाट २२ ग्राम खैरो हेरोइन र उनीसँगै कैलालीका कृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।शाहीसँगै लागुऔषध कारोबारमा संलग्न रहेको बताइएको छ… पुरा पढौ

जडिबुटीको मिश्रणबाट आयुर्वेदिक अण्डा तयार गरिँदै

अण्डामा हुने प्रोटिन र अन्य पोषक तत्वका कारण डाक्टर अण्डाको सेवन गर्ने सल्लाह लिन्छन् । सामान्यतया अण्डालाई ननभेज (मांसाहार)को श्रेणीमा गनिन्छ । यसकारण धेरै व्यक्तिहरु यसको सेवन गर्दैनन् । अब मासिहरुलाई यो समस्याबाट मुक्ति दिनको लागि मेरठ कृषि विश्वविद्यालयका वैज्ञानिक जुटेका छन् । यी वैज्ञानिकहरुले छिट्टै बजारमा आयुर्वेदिक अण्डा आउने दावी गरेका छन् ।  मेरठको सरदार बल्लभभाइ पटेल कृषि विश्वविद्यालयका वैज्ञानिक आयुर्वेदिक अण्डा बनाउने काममा जुटेका छन् । विश्वविद्यालयको कुक्कुट… पुरा पढौ

क्यान इम्फोटेकमा सूचना प्रविधि संग्रहालय

पोखरामा हुने गण्डकी प्रदेश स्तरीय भायानेट क्यान इम्फोटेकमा यसपालि केही नवीन आकर्षण राखिने भएको छ । मेलामा सूचना प्रविधि संग्रहालय राहनेछ भने सूचना प्रविधिबारे दैनिक सेमिनार हुने छन् । १० औं संस्करणको मेलासम्म आइपुग्दा सूचना, प्रविधिको विकास क्रमबारे नयाँ पुस्तालाई जानकारी दिन संग्रहालयको व्यवस्था गर्न लागिएको हो । संग्रहालय सित्तैमा हेर्न पाइनेछ । संग्रहालयमा अहिले प्रचलनमा नरहेका कम्प्युटर, टाइपराइटर, नेटवकिङ, टेलिकम्युनिकेसन लगायतका उपकरण प्रदर्शन गरिनेछ । संग्रहालयले सूचना, प्रविधिमा भएको… पुरा पढौ

पश्चिम बङ्गालमा विधायकको गोली हानी हत्या

भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् । पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन । पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको हो । गोली प्रहार भएको केही… पुरा पढौ

दुर्घटनामा चालकको मृत्यु, १३ घाइते

लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नम्बरको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी… पुरा पढौ

सर्लाही र महोत्तरीमा आगलागीमा तीन घर जलेर नष्ट

सर्लाही र महोत्तरीमा भएको आगलागीमा तीनवटा घर जलेर नष्ट भएका छन् । सर्लाही चक्रघट्टा गाउँपालिका-७ सगरदिनाका सरफ लहेरी, महोत्तरी बर्दिबास नगरपालिका-११ चनौटेका दिलबहादुर डिम्डुङ र छिमेकी बुद्धिमान जिम्बाको घर जलेर नष्ट भएको हो । तीनवटा घर जल्दा १३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको प्रदेश प्रहरी कार्यालय, प्रदेश न.२ का प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । अचानक आगलागी हुँदा सरफ लहेरीको २ तले… पुरा पढौ

५ लाख बेरोजगारलाई रोजगारी दिने सरकारको तयारी

५ लाख बेरोजगारलाई रोजगारी दिने सरकारले तयारी गरेको छ । प्रत्यक बर्ष ५ लाखको दरले १० बर्षमा ५० लाख बेरोजगारलाई नेपालमै रोजगार दिने तयारी सरकारले गरेको छ । सरकारले इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नका लागि ल्याउन लागेकाे प्रधानमन्त्री राेजगार कार्यक्रमको लाेगाे सार्वजनिक भएकाे छ । वर्तमान सरकारकाे सबैभन्दा महात्वकांक्षी र लाेकप्रिय कार्यक्रम मानिएकाे यसकाे फागुन १ गते १२ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं