समाचार

सरकार महिलामैत्री राज्य विरुद्ध

नेपाली कांग्रेसकी नेतृ विन्दादेवी रानाले वर्तमान सरकार महिलाविरुद्ध बन्दै गएको आरोप लगाएकी छन् । नेपाल महिला संघ कास्कीद्वारा आयोजित विरोध सभामा संघीय सांसद रानाले निर्मला हत्याकाण्डमा आजसम्म कुनै दोषी पक्रन नसक्नु महिलालाई दमन गरिरहनु हो भन्दै सरकारको कडा आलोचना गरिन् । महिला अधिकार र संविधानले दिएको हकमा सवै महिला एकजुट भएर विरोध गर्नुपर्ने समय आएकाले महिलाहरु संगठित हुन रानाले अनुरोध गरिन् । महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटको अध्यक्षतामा भएको… पुरा पढौ

५ कक्षाका बिद्यार्थी स्कुलको ट्वाईलेटमा कुटाकुट, एकको ज्यान गयो

कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा एक जनाको ज्यान नै गएको छ । पोखरा महानगरपालिका वडा नं. १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो । दुवै जना १५ वर्षका हुन् । पिटाइबाट घाईते भएका होमको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । सोहि दिनदेखि बहोस उनी आइसियूमा उपचाररत थिए । माघ २० गते नियमित कक्षा सकिएपछि… पुरा पढौ

१ पाथी अन्नमा वर्षभर काम

सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत कटुवाल प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ । गलकोट नगरपालिका–७ मल्मका भक्तबहादुर विक विगत चार वर्षदेखि कटुवालको भूमिकामा छन्। कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेर समेत बुझिन्छ । पहिले अग्ला डाँडामा पुगेर चर्को आवाज निकालेर खबर वा सूचना दिने भन्ने चलन थियो । अहिले भने कटुवालले हाते माइकको साहारा लिन थालेका छन् । गाउँ भेला, सार्वजनिक कार्यक्रम,… पुरा पढौ

तोपानीमा बाथ ट्युब र पोखरी थपिए

म्याग्दी बेनी नगरपालिका–४ मा प्राकृतिक तातोपानीमा स्नान गर्न सकिने ‘बाथ ट्युब’ शयनकक्ष र थप पोखरी निर्माण भएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले स्नानका लागि आउने पाहुनाको सुविधाका लागि शयनकक्ष सञ्चालनमा ल्याएको हो । शयनकक्ष र थप पोखरी निर्माण भएपछि तातोपानीमा जुनसुकै समयमा पनि स्नान गर्न सकिने र पालो पर्खनु नपर्ने समितिका सहसचिव कुमार केसीले जानकारी दिए । ५ लाखमा निर्माण भएको तीन जना क्षमताको ‘बाथ ट्युब’ सुविधायुक्त तरिकाले… पुरा पढौ

अवलोकनकर्तालाई प्रविधिबारे अपडेट गराउँछौं : विकास भुर्तेल

क्यान महासंघ कास्कीको आयोजनामा दसौं संस्करणको इन्फोटेक हुँदैछ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन १८ देखि २४  गतेसम्म सञ्चालन हुने इन्फोटेकसँग केन्द्रित रहेर क्यान महासंघ कास्कीका सचिव विकास भुर्तेलसँग गरिएको कुराकानी : इन्फोटेकको तयारी कस्तो छ ? फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा इन्फोटेक हुँदैछ । इन्फोटेकको मिति नजिकिएको छ । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको संयोजकत्वमा गठित विभिन्न २७ वटा उपसमितिले आआफ्नो जिम्मेवारी अनुसारको काम गरिसकेका… पुरा पढौ

चट्याङले दुईको मृत्यु, तीन घाइते

चट्याङले लाग्दा प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिवाङ खारखोलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।  शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट एक हप्ताको बिदामा घर आएका नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरुङ र २७ वर्षीय नौमती घर्तीको ज्यान गएको हो । घटनामा ७ वर्षीय तेजी पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रूद्र पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रमुख प्रहरी नायब उपरीक्षक… पुरा पढौ

गाउँपालिका अध्यक्ष अमर रहेनन्

पाँचथरको फागुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको हृदयघाटबाट मृत्यु भएको छ । । शनिबार स्वास्थ्यमा समस्या देखाएपछि उपचारका लागि इलाम पु¥याइएको थियो । उनको इलाममै मृत्यु भएको हो । वडाले आयोजना गरेको क्षमता विकास तालिम कार्यक्रममा बोल्ने क्रममा बेहोस भएका थिए । इलामबाट झापा तर्फ लैजाने तयारीका क्रममा उनको निधन भएको हो । उनी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी भएका थिए । उनी साहित्यकारसमेत हुन । पुरा पढौ

जाग्गा विवादले २ युवाले कुटे १ वृद्धलाई

बाटो बनाउँदा त्यसमा पर्ने जग्गाको विषयमा भएको विवादमा पोखरा ३३ तिक्लाङका चूडामणि पौडेल कुटिएका छन् । तिक्लाङमा बाटो निर्माणबारे शनिबार बसेको बैठक सकिएपछि जग्गाको विषयमा विवाद हुँदा ३४ वर्षीय शिव बानिया र पदम खत्रीले मिलेर ५८ वर्षीय चूडामणिलाई कुटेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । कुटपिटबाट घाइते चूडामणिको नमस्ते अस्पताल विरौटमा उपचार भएको छ भने कुटपिट गर्ने २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

मनकामना अस्पतालमा तोडफोड,६ जना पक्राउ

भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षिय कृष्ण प्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । रुखको घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारमा अस्पतालको लापरबाही गरेका कारण भुसालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । तोडफोडबाट अस्पतालको रिसेप्सनको… पुरा पढौ

माताले गरिन खुलाशा किन मुसा मार्ने दबाई दुग्धमा मिश्रण गरी भित्राइयो (भिडियो सहित)

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिएकी हुन । सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिएकी हुन । उनालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ आफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं