कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकार

कास्कीको वीरेठाँटीदेखी मुक्तिनाथसम्म विश्वकै लामो केबुलकार निर्माण हुने भएको छ। 

मुक्तिनाथ दर्शन प्रा. लिलाई केबुलकार निर्माणका लागि लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले जानकारी दिएको छ। 

नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागेको मुक्तिनाथ केवुलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको विज्ञप्तिमा भनिएको छ।

कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको केवुलकार ८४.१ किलोमिटर लामो हुनेछ। त्यसमा ६ वटा आन्तरिक स्टेशनहरु रहने छन्। जसमा घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनी हुन् भने तिखेढुंगा, घासा र मार्फामा चढ्ने र ओर्लने व्यवस्था गरिने कम्पनीले जनाएको छ।