विमानस्थलमा सामान जफत प्रकरण :रेखाले बुझाईन ध्यानार्कषण पत्र

बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुबाट सामानहरु जफत गरिन थालेपछि नायिका रेखा थापाले सरकारको उक्त कामको कडा शब्दमा आलोचना गरेकी छिन् ।

बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुले मापदण्ड बिपरित बढि परिमाणमा सामानहरु ल्याएपछि मादक पदार्थ , मोबाईल , कम्प्युटर , लत्ता कपडा लगायतका सामानहरु विमानस्थलका भन्सार कार्यलयले सामान धमाधम जफत गर्न थालेको थियो । उक्त कामको आलोचना गर्दे रेखा थापाले उक्त निर्णय तुरुन्त सच्याउन माग गर्दे खाडी लगायतका देशमा रगत पसिना बगाएका श्रमिकहरुको सम्मान नगर्दे ल्याएका सामानहरु जफत भएपनि विमानस्थलमा गएर धर्ना बसेर बिरोध गर्ने समेत बताएकी छिन् ।

यही कुराको माग गर्दे उनले आज श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर गुनासो तथा ध्यानाकर्षण पत्र बुझाएकीछिन् । उनले मन्त्रालयमा नै गएर हजारौ श्रमिकहरुको गुनासो तथा ध्यानाकर्षण पत्र बुझाएकी हुन् । एक स्टाटस लेख्दै उनले ज्ञापनपत्र बुझाएपछि श्रृममन्त्रीले अर्थ मन्त्रालय सँग समन्वय शुरु गरेको समेत उल्लेख गरेकीछिन् ।