केहि दिनदेखि सुधार भएको मौसममा फेरि बदली आएको छ । अबको केही दिन देशभरकै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले अहिले पूर्व बाहेक अन्य भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने उनको अनुमान छ ।
अबको तीन दिन मौसम एकैछिन खुले पनि फेरि बदली भई धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिएकी छन् ।




