समाचार

अन्त्येष्टिका लागि घाट निर्माण

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ महाकाली नदीको किनार भुजेलामा अन्त्येष्टिका लागि घाट निर्माण गर्न लागिएको छ । शहरी विकास मन्त्रालय सङ्घीय एकाइको रु तीन करोड २५ लाखको लागतमा सो घाट निर्माण गर्न लागिएको हो । निर्माणको जिम्मा पाएको सनीदेव निर्माण सेवा प्रालिका सञ्चालक देवीदत्त भट्टले डेढ वर्षभित्र शवदाहस्थलको पहिलो चरणको कार्यसम्पन्न गरिने र यस अन्तर्गत १०० मिटर लम्बाइको शवदाहस्थल निर्माण हुने बताए । नगरप्रमुख सुरेन्द्र विष्टले घाट नहुँदा शव जलाउन ठूलो समस्या… पुरा पढौ

बसको ठक्करबाट एकको मृत्यु

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मुग्लिनतबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । पुरा पढौ

जन्ती बोकेको टिपर दुर्घटना, दुईको मृत्यु

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा अनियन्त्रित भई सडक छेउमा पल्टिँदा उक्त गाडीमा सवार तेमाल गाउँपालिका–९ का २२ वर्षीया कृष्णमाया माझी र… पुरा पढौ

बाघसँग २ मिनेट पौंठेजोरी

‘खेतबाट आइतबार साँझ साढे ५ बजे डोको बोकेर घर फर्कंदा बाघले एक्कासि आक्रमण गर्‍यो । रित्तो डोको भएकाले तत्काल बाघको मुखमा पसाउने प्रयास गर्दागर्दै पञ्जाले टाउको र पिठ्युँमा हिर्कायो ।’ बढैयाताल गाउँपालिका २, सीतापुरका ३५ वर्षीय विजय बुढाक्षत्रीले बाघसँग प्रतिकार गरी जीवन जोगाउँदाको अनुभव सुनाए । तर, त्यही बाघकै आक्रमणमा परेर अर्का ७१ वर्षीय चन्द्रबहादुर शाहीले ज्यान गुमाए । उनले झन्डै २ मिनेट बाघसँग आमनेसामने भएर प्रतिकार गरे । बाघको आक्रमणबाट उनी घाइते छन् । ‘डोको… पुरा पढौ

अनौठो रोगले भीमोदय माविका विद्यार्थी एक्कासी बिरामी

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमदय मावि गोलाङका ७० विद्यार्थीमा अनौठो समस्या देखिएको छ ।  विद्यार्थी विद्यालयमा आएपछि शुरुमा शरीरको तापक्रम बढ्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने र वाकवाकी आउने लक्षणहरू देखापर्ने गरेको विद्यालयका शिक्षक विष्णुहरि शाहले जानकारी दिए । यही माघ १७ गतेदेखि केही विद्यार्थीमा देखापरेका यी लक्षण बिस्तारै अन्य विद्यार्थीमा पनि देखापर्दै गएर यसले महामारीकै जस्तो रुप देखिएको छ । यो लक्षण विद्यालयका शिक्षक र केही अभिभावकमा समेत… पुरा पढौ

शंकरापुरमा पाराग्लाइडिङ्ग

काठमाण्डौको शंकरापुर नगरपालिका मा शंकरापुर पाराग्लाइडिङ्ग संचालन भइरहेको छ । काठमाण्डौको सांखु हुँदै जहरसिंग पौवाबाट मनोरम देउराली गाउँमा अबस्थित शंकरापुर पाराग्लाइडिङ्ग ठमेलबाट २५ किलोमिटरको दुरिमा पर्दछ । देउरालीबाट उडान सुरू भएपछि सगरमाथा, गणेश हिमाल, गौरीशंकर हिमाल, दोर्जे लाक्पा हिमाल, गङ् छेपो हिमालको साथै सिन्धुपाल्चोकमा मनोरम बस्ती तथा पहाड़हरु देख्न सकिन्छ । देउरालीबाट ५ किलोमीटर तल रहेको पताप ओर्लिने बिन्दु हो। दक्ष तथा अनुभवी पाइलटसंग पाराग्लाइडिङ्ग गर्दा अपूर्व मनोरंजन अनुभव हुन्छ… पुरा पढौ

धुर्मुस सुन्तलि हार्दा नेपाली जनताको जित हुन्छ भने हराउनुहोस् : कुमार कट्टेल (जिग्री) (भिडियो सहित)

चर्चित टेलिशृङखला भद्रगोलका लेखक, निर्देशक र मूख्य अभिनेता कुमार कट्टेल ‘जिग्री’ ले धुर्मुस सुन्तली बाट थालनी गरीरहेको रंगसालाको बारेमा सामाजिक सञ्जाल फेसबुक मार्फत सुझाव दिएका छन् । धुर्मुस सुन्तली बाट थालनी गरीरहेको रंगसालाको काम सुरु भएको छ। देशमा राजनीतिज्ञहरुले बिकासको काम गर्न सक्दैनन् त्यो देशमा जनताहरु बाटनै विकासको मुल फुटाउनु पर्छ सबै भन्दा पहिले आफ्नो सोच बदलौँ बिकास गर्ने जनताले नै हो । हास्य कलाकार कुमार कट्टेलले आफ्नो फेसबुकमा तलको… पुरा पढौ

नेपाली कामदार जापान पठाउने यस्तो भयो सहमति

जापानमा नेपाली श्रमिक पठाउने गरी तयारी तीव्र पारिएको छ । आगामी अपि्रलबाट कामदार जापान पठाउने गरी दुबै देशले आन्तरिक गृहकार्य तीव्र पारेका छन् । जापान सरकारले निशुल्क नेपाली कामदार लैजाने सहमति भएको छ । भाषामात्र सिके हुने बताएको छ । यसका लागि नयाँ संयन्त्र निर्माण गर्न नेपाल र जापान सहमत भइसकेका छन् । हाल नेपाल कामदार लैजान जापानले पठाउने मोडालिटीको प्रस्ताव कुरिरहेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव… पुरा पढौ

बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राति बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अंशबण्डाको विषयमा विवाद हुँदा बुहारी ३० वर्षीय तारादेवी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी थिइन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे प्रहरी कार्यालय ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट गएको प्रहरी टोलीले बुहारीलाई… पुरा पढौ

ई–सिग्रेट पिउने क्रममा एक व्यक्तिको ज्यान गयो

 शहरी क्षेत्रका युवामा इ–सिग्रेट पिउने लहड छ । वास्तविक धूमपानभन्दा केही कम असरदार भएकाले युवापुस्तामा इ–सिग्रेटको प्रयोग बढ्दो मात्रामा छ । यद्यपि इ–सिग्रेट प्रयोगको क्रममा ध्यान नदिए तत्कालै ज्यान पनि जान सक्ने एक घटनाले देखाएको छ । अमेरिकाको टेक्ससमा ई–सिग्रेट पिउने क्रममा एक व्यक्तिको ज्यान गएको छ । प्रयोग गरिरहेको क्रममा इ–सिग्रेट विष्फोट भएपछि अस्पताल पुयाइएका उनको उपचारका क्रममा ज्यान गएको हो । २५ औं जन्मदिन मनाउन गइरहेका विलियम ब्राउन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं