बिद्यार्थीहरुले बनाएको गाडी मलेसियामा प्रर्दशन हुदैँ

नेपालमा नै बिद्यार्थीहरुले गाडी बनाएका छन् । काठमाडौ विश्वविद्यालयको अटोमोवाईल्स विभागमा अध्ययनरत विद्यार्थीहरुले सो गाडी बनाएका हुन् । उक्त गाडी मलेसियामा हुने सेल ईको म्याराथुन एसिया २०१९ मा प्रर्दशन हुने छ ।

नेपालमा तयार भएको गाडी अन्तराष्ट्रियस्तरमा प्रर्दशन गर्न पाउनु ठुलो गौरवको बिषय भएको मेकानिकल इन्जिनियर विजेन्द्र श्रेष्ठले बताए । उनले भने ‘विद्यार्थीहरुले तयार गरेको गाडीलाई अन्तराष्ट्रियस्तरमा देखाउन पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’

‘विद्यार्थीहरुले अध्ययन मात्रै गर्दैनन, अध्ययन गरेको विषयलाई ब्यवहारमै उतार्न सक्छन’ , दशै अघिदेखि सुरु भएको गाडी अहिले पुर्णरुपमा तयार भएको हो । २०१६ देखि शुरु भएको अभियानमा काठमाडौ विश्वविद्यालय सफल नभए पनि २०१८÷२०१९ मा प्रस्ताव पेश गरी २०१८ अप्रिल २९ मा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने अवसर प्राप्त गरेको प्रोफेसर डा. डेनियल तुलाधारले बताए ।

विदेशबाट मात्रै गाडीहरु ल्याउने होईन नेपालमै त्यसको उत्पादन गर्न सम्भव छ भन्ने सन्देश दिन र त्यसलाई ब्यवहारमा उर्तान विद्यार्थीहरुले सहयोग पु¥याउन सक्ने टिमका संयोजक थापाको दाबी छ ।गाडी निर्माणका लागि बिद्यार्थीहरुलाई विश्वविद्यालयको अटोमोवाईल्स विभागले सहयोग गरेको थियो ।