करिब पाँच वर्ष पहिले भाईथेवा गुरुङले चलाई रहेको ग१ख ९४० नम्बरको मिनि बस मट्टिखानबाट पोखराका लागी झर्दै गर्दा कुभिन्डे भिरपोईन्टमा दुर्घट्नामा परे । दुर्घटना पुर्व चालक गुरुङले गाडिको ब्रेकफेल भएको सुचना सहित सर्तक रहन पनि सझाएका थिए ।
यात्रुहरुले भरिएको गाडी ब्रेक फेलको सामनाका लागी सुरक्षित स्थानको खोजिमा नालीमा पल्टिन पुग्यो । ढोकामा उभिएर सहयोगी (सहचालक) को काम गरि रहेका शिव नाली भित्र छिर्न पुगे । गाडीले नालीमा एक बल्ढेङ खाई कोल्टे फेर्यो । बडो मुस्किलले उनको ज्यान बच्यो ।
दुर्घट्नाको करिब एक महिना पछि उनको दाँया खुट्टामा सामान्य दुखाईसंगै घाउहरु देखिन थाले । त्यो विस्तारै बढ्दै गएपछि उनलाई गाँउलेहरुको सहयोगमा पोखराको नयाँबजार स्थित चरक हस्पिटलमा ल्याईयो । त्यहाँ उनको दायाँ खुट्टाका आधा पाउ झर्यो । शिव भन्छन्, बाँया खुट्टाको साहारामा मैले जिवन डोहोर्याईरहेको थिए । तर, नियतिले फेरी ठग्यो ।
मेरो त्यहि बाँकी बायाँ खुट्टामा पनि उस्तै प्रकृतिका खटिराहरु देखिन थाले । समस्या बल्झिदै जाँदा शिवले यसैवर्षको वर्षातको झरिमा बायाँ खुट्टाको घुडाँ भन्दा माथी बाटै गुमाउनु पर्यो । चरकमा दायाँ खुट्टाको पञ्जा गुमाएका शिवले तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (हालको स्वास्थ्य विज्ञान प्रतिष्ठान) गण्डकीमा बाँया खुट्टाको पुरा भाग गुमाए । शारिरिक रुपमा पुर्ण अपांग बनेका उनले अहिले वैषाखीको भरमा जिवनका पानाहरु पल्टाईरहेका छन् ।






