समाचार

देशको कान्छो प्रजिअ सुनारलाई अधिकारकर्मीले गरे बिदाई

बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बझाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर जाने क्रममा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले मंगलबार बिदाई गरेको छ । हुरीपपका अध्यक्ष आलम खानले सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले मानव अधिकार मैत्री सेवा प्रदान गरेको भन्दै औपचारीक कार्यक्रमको आयोजना गरी बिदाई गरेको बताए । बिदाई कार्यक्रममा नेपाली काग्रेश सल्यान जिल्लाका सचिव प्रकाश भण्डारीले बाँकेमा जसरी मावन अधिकार मैत्री काम गरेका छन् त्यसरी… पुरा पढौ

क्यान इन्फोटेक २०१९ को प्रचार गर्दै क्यान कास्की को टोली बाग्लुङ, म्याग्दी र पर्वतमा

फागुन १८ गतेदेखि २४ गतेसम्म पोखरामा गण्डकी प्रदेश स्तरीय सूचना प्रविधिको बृहत मेला ‘क्यान इन्फोटेक २०१९’ हुने भएको छ । कम्प्युटर एशोसिएशन महासंघ (क्यान) कास्की शाखाको आयोजनामा नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा हुने सो मेलाको तयारीलाई तिव्र पारिएको छ । सूचना प्रविधि सम्बन्धि विविध गतिविधि हुने सो मेलाको प्रचार प्रसारको क्रममा बागलुङ म्याग्दी र पर्वतमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले सूचना प्रविधिको विकास, सर्वसाधारणसम्म सूचनाको पहुँच… पुरा पढौ

ठूलो पार्टी हुँदा धर्ती छोडिँदो रहेछ : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो पार्टी हुँदा आफूहरुले धर्ती छोडेको स्मरण गरेका छन्। जनयुद्धका शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक अनावरण कार्यक्रममा बोल्दै प्रचण्डले ठूलो पार्टी हुँदा २०६४ मा तात्कालीन माओवादीले र २०७० मा एमालेले धर्ती छोडेको स्मरण गरेका हुन्। उनले ठूलो पार्टी हुँदा जनता भुल्ने बिरासतबाट सचेत रहन पनि आग्रह गरे। कार्यक्रममा प्रचण्डले भने, ‘२०६४ सालको निर्वाचनमा हामी बहुमतमा आयौं, ठूलो पार्टी… पुरा पढौ

‘एक मिनेटमा १३ हजार हेक्टर जमिन मरुभूमिकरण’

बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ यही फागुन १६ देखि १९ गतेसम्म ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना हुने भएको छ । हाल अत्यधिक मात्रामा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोगले पर्यावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्दै गएको ठहर गरी त्यसको न्यूनीकरणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले २०६३ सालदेखि उक्त मेला आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा जनाइएको छ । जैविक विविधताको ह्रासबाट माटोको प्राकृतिक जीवनमा… पुरा पढौ

कोदालाको पासाले हान्दा श्रीमती ठहरै

झापाको मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीमा मंगलबारबिहान कोदालोको पासोले हानेर एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा ३५ बर्षीय लेखिन्द्र राजवंशीले आफ्नी श्रीमती ३४ बर्षीया चम्पली राजवंशीलाई कोदालोको पासाले हानेर हत्या गरेका हुन् । श्रीमानले हानेको कोदालोको पासोले लागेर चम्पलीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । आरोपी लेखिन्द्रलाई मंगलबारै प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी हिरासतमा… पुरा पढौ

आमा नदिको किनारका मृत फेला छोराछोरी बेपत्ता

खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले सोहीदिन बिहान ७ः३० बजे जिम्मा लिएर घरतर्फ लागे पनि त्यहाँ नपुगेपछि खोजी गर्दा सोही दिन दिउँसो १ः३० बजे थियो। आमाको… पुरा पढौ

इरानी विदेशमन्त्री जारिफद्वारा राजीनामा

इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका हुन् ।  उनले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि मागेका छन् जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेखेका छन् । उनले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरु र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका… पुरा पढौ

भारत–पाकिस्तान तनाव बढ्दा नेपालमा खतरा, सुरक्षा सतर्कता बढाइदैँ

दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान पाकिस्तान नियन्त्रित कश्मीरमा हवाइ आक्रमण गरेको बताएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । भारतले पाकिस्तान नियन्त्रित कश्मिरमा हवाइ आक्रमण गरेर ३ सय आतंकवादी मारेको वादी गरेको छ । पाकिस्ताले भारतको दावीलाई अस्वीकार गरे पनि भारतीय वायुसेना आफ्नो सीमाभित्र छिरेर विष्फोटक खसाएको भने स्वीकार गरेको छ । उसले विष्फोटक पदार्थ खुला ठाउँमा खसेको बताएको छ । … पुरा पढौ

पहिरो खस्दा १ को मृत्यु २जना घाइते

दुहुँ गाउँपालिका-३ स्थित निर्माणाधीन दार्चुला–तिंकर सडकको राताकाठामा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  मंगलबार बिहान पहिरो खस्दा नौगाड गाउँपालिका-४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । खलंगाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए । नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नं ३ का उधारो ठगुन्ना घाइते भएका… पुरा पढौ

‘नेपाल रेडक्रस सोसाइटी दक्षिण एशियाकै सफल संस्था

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन यही फागुन १८–१९गते यहाँ हुँदै छ । महाधिवेशनले विराटनगर महाधिवेशनले पारित गरेको संशोधित विधानमा आएको समस्याबारे छलफल गरी संस्थागत निर्णय लिने बताइएको छ । सोसाइटीका सभापति सञ्जीव थापाले नेरेसो अरुभन्दा छुट्टै गैसस भएकाले छुट्टै मौलिक कानून बनाएर अघि बढ्नुपर्ने पत्रकारहरुलाई सोमबार बताए । दक्षिण एशियाकै सफल संस्था भएको जिकिर गर्दै गोरखा भूकम्पमा संस्थाले गरेको मानवीय सहयोग इतिहासकै सर्वाधिक उपलब्धि भएको बताए । उनका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं