फागुन १५ गते २०७५

ताजा समाचार

फागुन १५ गते २०७५

गुणस्तरीय सेवा दिनु हाम्रो मुख्य लक्ष्य : भायानेट



क्यान कास्की काठमाडौंपछि सबैभन्दा क्रियाशील शाखा हो । क्यान कास्कीले आयोजना गर्ने क्यान इन्फोटेक यसपालि १० औं संस्करणमा आइपुगेको छ । इन्टरनेट सेवा प्रदायक भायनेटले यसपालिको मेलाको टाइटल स्पोन्सर गरेको छ । यसै क्रममा भायानेट पोखरा शाखा प्रवन्धक कृष्ण सुवेदी सँग गरिएको कुराकानी ।


टाइटल स्पोन्सरको रुपमा पोखरा आगमनलाई कसरी लिनुभएको छ ?
क्यान इन्फोटेक प्रविधी प्रेमीका लागि महत्वपूर्ण फोरम हो । प्रबिधीको क्षेत्रमा क्यान महासंघले जुन लोकप्रियता हासिल गरेको छ, त्यसबाट हाम्रो व्यवसायलाई पनि प्रवद्र्धन गर्न सकिन्छ । त्यही हिसाबले नै क्यानलाई सपोर्ट र हाम्रो व्यवसायलाई पनि प्रवद्र्धन गर्न क्यान कास्कीसँग सहकार्य गरेका छौं।

इन्टरनेट कम्पनीले भनेको जति ब्यान्डविथ दिँदैन भन्ने सबैभन्दा बढी ग्राहकको गुनासो हुन्छ । यसबारे यहाँहरुको भनाइ के छ ?
हामीले काठमाडौंमा प्रयोगकर्ताबाट मस्ट लभ आइएसपि भन्ने ट्याग पाएका छौं । यो हामीले गुणस्तरकै कारणले पाएका हौं । पोखराका ग्राहकलाई पनि हामी भने जति ब्याडविथ र सन्तुष्ट बनाउने गरी सेवा दिन्छौं । भायानेटले नेपालभर FTTH अप्टिकल फाइबर बाट सेवा प्रदान गरीरहेका छौ । सेवालाई गुणस्तरीय बनाउन नोकियासँग सहकार्य गरी उच्च गतीको इन्टरनेट प्रदान गर्ने पूर्वधार तयार गरेका छौ । फोनबाट २४ सै घन्टा सपोर्ट दिन्छौं । नयाँबजार शाखाबाट बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म फिल्ड सपोर्टको काम हुन्छ ।

पोखरा र गण्डकी प्रदेशमा कहाँ कहाँ हाम्रा सेवा उपलब्ध छन् ?
गण्डकी प्रदेशको पोखरा बाट नै हामीले सेवा प्रदान सुरु गरेका छौं । मुख्य बजार क्षेत्रलाई तत्काल नै सेवा प्रदान गर्न सक्षम छौं । र अरु क्षेत्रमा पनि बिस्तारै सेवा बिस्तार गर्ने राणनिती लिएका छौ ।


सूचना प्रविधि भन्नेबित्तिकै इन्टरनेट अनिवार्य हुन लाग्यो । क्यानसँगको सहकार्यलाई लक्षित गरी मेलाको अवसरमा केही विशेष प्याकेज पनि ल्याउनुभएको छ ?

पहिलो कुरा त हामी यहाँ आएको १ डेढ महिना भयो । यो अवधिमै हामीले यहाँका हाम्रा ग्राहकलाई विशेष प्याजकेज दिइरहेका छौं । क्यान इन्फोटेकसमा सहकार्य गरी टाइटल स्पोन्सरकै रुपमा आएपछि मेला पनि हामी हाम्रा टार्गेटेड ग्राहकलाई उत्कृष्ट अफर दिन्छौं । त्यहाँ हाम्रो स्टल रहन्छ, नयाँ ग्राहक बन्न सक्नुहुन्छ । नेट टिभी हाम्रो आफ्नै पोडक्ट होइन तर फ्रिमा हाम्रा ग्राहकलाई दिइरहेका छौं । डिभाइस बेच्दैनौं तर सुरक्षाको जिम्मेवारीका लागि केही रकम धरौटी रहन्छ ।

पोखरा र काठमाडौंका ग्राहकमा के फरक पाउनुभएको छ ?
म पहिला काठमााडौंमै कार्यरत थिएँ । काठमाडौंको सहरी क्षेत्रको कन्सेप्ट अझै पोखराका प्रयोगकर्तासम्म पुग्न सकेको छैन । अझै सचेतना जरुरी छ । ग्राहकको घर मा नेट राम्रो नचल्नुमा ISP को मात्रा समस्या हुँदैन, प्रयोग भयका डिभाइस जस्तै राउटर को गुणस्तरमा पनि भर पर्छ ।

भायनेटका कस्ता प्याकेज छन् ?
होम कस्टमरका लागि ३० Mbps देखि ६० Mbps सम्मका प्याकेज छन् । आवश्यकताअनुसार थप पनि दिन सक्छौं । कर्पाेरेट कस्टमरका लागि माग अनुसार उपलब्ध गराउँछौं । १ वर्षको टिभी, इन्टरनेट, तार, डिभाइसको डिपोजिट र वार्षिक शुल्क गरी वर्षको १७ हजार जति पर्छ ।

गुणस्तरीय सेवा दिनु हाम्रो मुख्य लक्ष्य हो । गुणस्तरीय नेटवर्क, गुणस्तरीय डिभाइस प्रयोग गर्छाैं, कस्टोमरको सेवालाई विशेष ध्यान दिन्छौं । हामीले ग्राहकको संख्या र गुणस्तरलाई कायम गर्ने गरी मेकानिजम बनाइसकेका छौं । हाम्रा सेवा प्रदायकलाई हामी गुणस्तर र सेवाबारे गुनासो गर्नै नपर्ने गरी सेवा दिन प्रतिवद्ध छौं ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।