समाचार

शोकलाई शक्तिमा बदल्न नेताहरुको अपील

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरुले स्व.अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन् । बुधबार बेलुका मन्त्री निवास पुल्चोक पुगेर नेताहरूले स्वर्गीय अधिकारीका शोकसन्तप्त परिवारजनमा हार्दिक सम्वेदन व्यक्त गर्दै अधिकारी पत्नी विद्यालाई शोकलाई शक्तिमा बदल्दै उम्मेदवारी दिन आग्रह गरेका हुन्। प्रधानमन्त्री केपी शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको शोक सङ्घर्ष सम्झदै शोकलाई… पुरा पढौ

नेकपाको सचिवालय बैठक सकियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटना भएपछि नेकपाको आकस्मिक बैठक बसेको थियो। बैठकले मन्त्री अधिकारी लगायत दिवंगत सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरुमा गहिरो समवेदना व्यक्त गरेको छ। बैठकले अधिकारी लगायतको निधनले सिङ्गो देश र पार्टीलाई अपुरणीय क्षति पुगेको निष्कर्ष निकालेको छ। बैठकले मृतकका परिवारको आर्थिक अवस्थासमेतलाई विचार गरेर उपयुक्त निर्णय लिन नेपाल सरकारलाई सुझाव दिएको छ। मृतकहरुप्रति श्रद्धाञ्जली र… पुरा पढौ

१२ वर्षपछि अर्को दुःखद् हेलिकोप्टर दुर्घटना

बाह्र वर्षपछि ताप्लेजुङ जिल्लामै बुधबार राष्ट्रिय क्षति हुने गरी अर्को हेलिकोप्टर दुर्घटना भएको छ । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ ।  ७ असोज, २०६३ सालमा पनि एक मन्त्रीसहित भूगोल तथा योजनाविद् हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हलचल मच्चाएको थियो । त्यही प्रकृतिको घटना घट्न पुगेको छ । तेह्रथुमको चुहानडाँडास्थित विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री… पुरा पढौ

पर्यटनमन्त्री रवीन्द्र अधिकरी हेलिकप्टर दुर्घटनाबारे प्रेम संजेलको यस्तो खुलासा

:नेपाल सरकारका उपसचिव प्रेमप्रसाद संजेलले पर्यटन मन्त्रि रवीन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा निधन भएकोमा समबेदना प्रकट गर्दै दुर्घटना हुनुमा नीतिगत भ्रस्टाचार नै मूल कारण रहेको दावी गरेका छन । मौसम प्रतिकुल रहेको अवस्थामा कसले हेलिकप्टर उडान गर्न अनुमति दियो भन्दै उनले आक्रोश व्यक्त गरेका छन। काठमाडौँबाट उड्दै गर्दा मौसमबारे जानकारी भएपनि लापरवाहीपुर्वक तेह्रथुमको चुहानडाँडा जानु र चुहानडाँडाबाट ताप्लेजुङको पाथिभरा जानुले दुखद घटना घटेको बताए। नेपालीहरु जे भन्छन त्यो… पुरा पढौ

हेलिकप्टर दुर्घटनाः शव आज काठमाडौँ ल्याइदै

नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पु¥याएलगत्तै शव… पुरा पढौ

हेलिकप्टर दुर्घटना प्रकरणः विमानस्थलमै जिल्ला सुरक्षा समिति बैठक जारी

दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँ  पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताएका छन् । उनका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् । ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र… पुरा पढौ

भारतले पाकिस्तानलाई दियो यस्तो चेतावनी

भारत पाकिस्तानबीचको अघोषित युद्धले यतिबेला विश्वभर चिन्ता छाईरहेको छ । यी दुई देशबीच तनाव बढेसंगै छिमेकी मुलुकहरुमा पनि सुरक्षासर्तकता बढाईएको छ । दुबै देशले एक अर्काको भुमिमा हवाई आक्रमण गरिरहेको छ भने सिमामा गोलीबारी जारी नै रहेको छ । यसबीचमा हिजोमात्र पाकिस्तानले आफनो एयरस्पेशनमा आएको २ भारतीय लडाकु विमान खसाल्यो जसमा एक जना पाइलटको मृत्यु भयो भने एक जना पाकिस्तानी सेनाको नियन्त्रणमा रहेको छ । पाकिस्तानी सेनाले दुर्घटना भएको विमानबाट… पुरा पढौ

उपत्यकामा विहानै हिमपात,पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा

 यस वर्ष हिउँदमा तुलनात्मक रूपमा देशभर धेरै वर्षा भइरहेको छ । गत शनिबार बेलुकादेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारण फेरि देशभर वर्षा भइरहेको छ । बुधबार काठमाडौंमा पनि वर्षा भयो । उपत्यकामा विहानैदेखि पानी परेको र हिमपात समेत भएको छ । हिउँ परेपछि मोवाइलमा हिमपातको दृष्य मोवाइलमा कैद गर्नेहरु चिसोको पर्वाह नगरी बाहिर निस्किएका छन् । अहिले चलिरहेको पश्चिमी वायु शुक्रबारसम्म पूर्व प्रवेश गरेर सकिएलगत्तै पुनः अर्को जलवाष्प आउन सक्ने मौसमविद् सुजन… पुरा पढौ

प्रहरी इन्सपेक्टरको लिखित परीक्षाको नतिजा सार्वजनिक

नेपाल प्रहरीको प्रहरी निरिक्षक (इन्सपेक्टर) पदकाे लिखित नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षाको नतिजा बुधबार प्रहरी प्रधान कार्यलयले सार्वजनिक गरेको हो । इन्सपेक्टरको पदमा खुलातर्फ ९०, महिलातर्फ ८, आदिवासी जनजातितर्फ ३३, मधेसीतर्फ १०, दलिततर्फ ७ र पिछडिएको क्षेत्रतर्फ १२ र अपाङ्ग तथा असक्त १ जनाले नाम निकालेको हो । अपाङ्ग तथा असक्तमा दुई जना मागिए पनि एक जनाले मात्र नाम निकाल्न सफल भएका छन् ।प्रहरीले असोज… पुरा पढौ

मन्त्री रबीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै गरिने

हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका सस्कृती, पर्यटन तथा नागरीक उड्डनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरा मै गरिने भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गर्न लागिएको हो । उनको शव काठमाण्डौं आएपछि टिचिङ अस्पतालमा पोष्टमार्टम गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाण्डौंमा श्रद्धाञ्जलीका लागि राखिनेछ । पार्टी कार्यालयमा केहीबेर श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि खुला मञ्चमा सम्मानका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं