समाचार

पहाड र मधेशका सेतु थिए रवीन्द्र अधिकारी

‘एमाले नेताको बोलीले केही गरी मधेशी जनताको चित्त दुखेको छ भने म सबैको तर्फबाट माफी माग्न चाहन्छु।’ हिजो हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीले केही पहिले एक अन्तरवार्तामा भनेको यो कुराले मधेशी जनताको मन जितेको मधेशी दलकै नेताहरु बताउँछन्। तत्कालीन एमालेमा रविन्द्र अधिकारी निर्णायक तहमा थिएनन्, तैपनि मधेश र एमालेबीचमा सम्बन्ध बनाउन निकै प्रयास गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवं प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र… पुरा पढौ

सुयोग्य नेताको निधन : कास्की कांग्रेस

नेपाली कांग्रेस कास्कीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुख व्यक्त गरेको छ । बिहीबार प्रकाशित शोक विज्ञप्तिमा दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध भएको उल्लेख छ । बिहीबार कास्की कांग्रेस सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको जनाइएको छ । विज्ञप्तिमा विद्यार्थी राजनीतिबाट संघर्ष गर्दै नेपाली राजनीतिमा अघि बढेका अधिकारी उदयमान नेता भएको उल्लेख छ ।… पुरा पढौ

मर्माहत भएका छौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् । उनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सो प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमादार अर्जुन… पुरा पढौ

मुस्ताङमा पछिल्लो हिमपातले सडक अवरुद्ध

पछिल्लो पटक परेको चालु सिजनको अन्तिम हिमपातले मुस्ताङमा सडक अवरुद्ध बनेको छ ।थासाङ गाउँपालिकाको डाईभर्सन सडकमा हिउँनै हिउँ थुप्रिएकाले जोमसोम जाने दर्जनौ सवारी बीच बाटोमै रोकिएको बताईएको छ । जिल्ला ट्राफिक कार्यालय जोमसोमले दिएको जानकारी अनुसार पछिल्लो पटकको परेको हिमपातले पर्यटकीय गाउ मार्फा देखि थासाङ गाउपालिका अन्तर्गतका टुकुचे,कोवाङ लेते र घाँसा सम्म २ फिट बढी हिउँ जमेकाले सडक अवरुद्ध भएको हो । मुस्ताङको धार्मिक स्थल मुक्तिनाथ जाने जोमसोम,कागबेनी ,मुक्तिनाथ सडक… पुरा पढौ

कास्की प्रहरीको हिरासतमा रहेका भारतीयको मृत्यु

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक बन्दीको मृत्यु भएको छ । भारत मोतिहारी घर भई पोखरा महानगरपलिका ८ चिप्लेढुङ्गा नजिकै सुन्दर मार्गमा बस्ने ३० वर्षका सन्दीप शाहको बिहीबार उपचारका क्रममा सेवा अस्पताल रामघाटमा निधन भएको हो । एक्कासि बान्ता गरेका शाहलाई उपचारका लागि प्रहरीले सेवा अस्पताल लगेको थियो । उनी लागुऔषध मुद्दामा म्याद थप गरी कास्की प्रहरीको हिरासतमा थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले… पुरा पढौ

टुँडिखेलको श्रद्धान्जली सभा भोलि हुने

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई टुंडिखेलमा श्रद्धान्जली दिने कार्यक्रम भोली शुक्रबार बिहानसम्मका लागि स्थगित भएको छ । हाल परीक्षणका लागि शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएकोमा शव परिक्षण गर्न समय लाग्ने भएपछि टुँडिखेलको आजको श्रद्धान्जली सभा स्थगित भएको हो । शव पहिचान गर्न सक्ने अवस्थामा नरहेकोले डीएनए परिक्षण गर्नु पर्ने भएकाले समय लाग्ने भएको हो । टुँडिखेलमा शुक्रबार… पुरा पढौ

घरमा बिहेको कुरा चल्दै थियो पाइलट केसीको तर रहेनने हामी माझ

फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर काठमाडौं फर्केपछि पाँच वर्षदेखि हेलिकोप्टर उडाइरहेका क्याप्टेन प्रभाकर केसी एयर डाइनेस्टीका एक जना कुशल चालक थिए।हिमाली क्षेत्रको अप्ठ्यारो अवस्थामा कुशलतापूर्वक उडान, अवतरण तथा उद्दार गर्ने थोरै पाइलटमध्ये उनी एक थिए। पाइलट सर्कलमा उनी ‘योङ पाइलट’ का रुपमा बढी परिचित थिए। एयर डाइनेस्टीमा भने उनी तीन वर्षअघि जोडिएका थिए। दुई वर्षदेखि उनी क्याप्टेनको भूमिकामा थिए। काठमाडौं, ताहचल निवासी केसीको घरमा बुबा, आमा र एक दाजु छन्।… पुरा पढौ

मन्त्री अधिकारी र अंगरक्षकको बाहेक अन्य शवको पहिचान हुन गाह्रो

ताप्लेजुङमा हिजो भएको हेलिकप्टर दुर्घटनाले यतिबेला देशमा शोक नै छाएको छ । दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो । दुर्घटनामा सबैका शव चिन्नै नसक्न गरी जलेका छन् । मृतक सबैको शव यतिबेला राजधानी ल्याईएको छ तर मन्त्री अधिकारी र उनका अंगरक्षक बाकेह अन्य पाँच यात्रुको शव पहिचान हुन सकेको छैन । दुर्घटनामा निधन भएका मन्त्री अधिकारी र अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मात्र शवको सनाखत हुन सकेको… पुरा पढौ

“हेलिकप्टर दुर्घटनाबाट असह्य पीडा महसुस भयो” :- प्रधानमन्त्री

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी र यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई असह्य पीडा भएको बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दे उनले मन्त्री अधिकारी र शेर्पाका निधनले आफूले परिवारको सदस्य नै गुमाएको झै पीडा भएको उल्लेख गरेका हुन् । मन्त्री अधिकारी र शेर्पा समृद्ध नेपाल र सुखी नेपालीको सारथीका रूपमा रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री… पुरा पढौ

मृतकलाई श्रद्धान्जली दिन राष्ट्रपति टुँडिखेलमा आउने

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धान्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन् ।  अहिले मन्त्री अधिकारीसहित सातै जनाको शव शिक्षण अस्पताल महाराजगंजमा पुर्याइएको छ । शवको पोष्टमार्टम पछि ३ बजे टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिने छ ।  आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।  मन्त्री अधिकारीको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं