पाकिस्तानले आफनो नियन्त्रणमा रहेको भारतीय लडाकु विमानका पाईलट अभिनन्दनलाई आज रिहा गर्दैछ ।
पाकिस्तानका प्रधानमन्त्री इमरानले युद्ध होईन शान्तीको पथ रोजौ भन्ने सन्देश दिँदै पाईलटलाई छोड्ने निर्णय गरेका हुन् । उनको सुझबुझ र यस्तो निर्णयलाई यतिबेला धेरैले प्रशंसा गरिरहेका छन् तर भारतीय सेनाले भने पाकिस्तानले कुनै सद्भावनाको सन्देश नदिएको प्रतिक्रिया दिएको छ । एक पत्रकार सम्मेलन गर्दे भारतीय सेनाले पाकिस्तानले पाईलट अभिनन्दनलाई छोड्नुको कारण सद्भावनाको संकेत नभई जेनेभा सम्झौताको कारण छाडेको बताएको छ ।

भारतीय सेनाका वाइस मार्शल आरजीएम कपुरले भने “हामी खुसी छौँ की अभिनन्दन रिहा हुँदैछन् तर यसलाई पाकिस्तानको सद्भावनाको संकेत मान्दैनौ” । यसैगरी भारतीय सेनाले पाकिस्तानले खसालेको भनिएको भारतीय लडाकु विमान दुर्घटनामा परेको दाबी गरेको छ । उसले सो विमान दुर्घटनामा परेको तर पाकिस्तानले त्यसलाई खसालेको दाबी गरेको बताएको छ । उता भारतले पाकिस्तानको लडाकु विमान समेत खसालेको दाबी गरेको छ तर पाकिस्तानले भने भारतले खसालेको भनी दावी गरेको विमान सञ्चालनमा नै नआएको बताएको छ । तर भारतले भने सो विमानको अवशेष फेला पारेको दाबी गरेको छ ।
भारत पाकिस्तानी सेनाको आ आफनै दाबीकाबीच यी दुबै देशबीचको तनाव सुल्झिने संकेत देखिएको छ । हिजोमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत भारत पाकिस्तानबीचको लडाई चाडै सकिन लागेको दाबी गर्दे अमेरिकाले यसमा मध्यस्तकर्ताको भुमिका खेलिरहेको बताएका थिए ।
इमरान युद्ध नभई शान्तीको पथबाट समस्या सुल्झाउन चाहान्छन् तर उनको यस भनाईमा भारतबाट यसमा राम्रो प्रतिक्रिया आएको छैन । उनले मोदीलाई यो लडाई यही रोक्न आग्रह गर्दे परमाणु सम्पन्न दुबै देशको युद्धले भबिष्यमा ठुलो मुल्य चुकाउनु पर्ने भन्दै भने “म मोदीलाई सन्देश दिन चाहान्छु । युद्धतिर नढल्किनुस । यो सब यही रोक्नुस यसलाई अगाडी नबढाउनुस नत्र पाकिस्तान पनि जवाफ दिन बाध्य हुनेछ” ।