नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत साउन १० गते हत्या गरिएकी निर्मला पन्तको परिवारलाई भेटेका छन् ।
बलात्कारपछि हत्या गरिएकी पन्तको परिवारलाई आज बिहान भेटेपछि देउवाले निर्मलाको न्यायका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।
भेटपछि देउवाले ट्वीटमा लेखेका छन्,
‘आज कंचनपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरे । निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होईन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो । निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खबरदारी गर्ने प्रतिवद्धता गरेको छु ।’






