समाचार

पूरा हुन नपाएका रवीन्द्रका सपनाहरु

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मन्त्री भएपछि पर्यटन तथा देशको विकार र समृद्धिको क्षेत्रमा धेरै सपना देखेका थिए । जुन सपना कति पुरा भए त कति अधुरै रहे । जब ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी उनले संसारबाट बिदा लिए । रवीन्द्र अधिकारीले पर्यटन मन्त्री भएपछि देखेका यी सपनाहरु, जस्लाई उनले पूरा गर्नै पाएनन्ः मन्त्री भएसँगै रणनीतिक महत्वका पूर्वाधार र राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत त्रिभुवन विमानस्थल विस्तार, सुधार… पुरा पढौ

स्वः मन्त्री रबिन्द्र अधिकारीका बिर्सनै नसकिने भनाईहरु

पोखरा । कास्कीमा जन्मेर राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल युवा नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले कास्की शोकमा डुबेको छ। बुधबार बिहानैदेखि कास्कीको मौसम खराबसमेत भएको थियो। मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर दिउँसो एकाएक सामाजिक सञ्जालमा फैलिएपछि शुभचिन्तकले भगवानसगँ प्रार्थना गर्दै बसेका थिए। अन्ततः दैवको लीला दुःखद खबर सञ्चार भयो। सो खबरले सबैको आँखा रसाएका छन् । समग्र राष्ट्रले समेत मन्त्री अधिकारीबाट भविष्यमा परिवर्तनको अपेक्षा गरेकोमा… पुरा पढौ

प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले हिजो फागुन १५ गते ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा निम्नानुसार निर्णय गरेको छ । बैठकले एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक… पुरा पढौ

रवीन्द्र अधिकारीको मार्मिक सन्देश

हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ। विद्यार्थी आन्दोलनदेखि राजनीतिको केन्द्रमा आएका मन्त्री अधिकारी युवा र विद्यार्थीमाँझ निकै लोकप्रिय थिए। ‘रवीन्द्र दाइ’ भन्दै सबै झुम्मिन्थे। तर, अधिकारी भौतिक रुपमा युवाहरुबीच रहेनन्। मन्त्री अधिकारी पनि सधैं युवाहरुलाई प्राथमिकतामा राख्थे। जीवनको लामो समय युवाहरुको अधिकारका लागि खर्चिएका अधिकारीले आफ्नो आधिकारिक वेभसाइटमा ‘मेरो भन्नु’ शीर्षकमा युवाहरुलाई सम्बोधन गरेका छन्। यस्तो छ मन्त्री अधिकारीको युवाहरुलाई सन्देश। राष्ट्रका शक्ति भनेको युवा हुन्। उनीहरूकै… पुरा पढौ

भविष्य निर्माणमा मन्त्री अधिकारीको अन्तिम सम्बोधन

पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो।  जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा २१ स्थित भविष्य निर्माण माविको ६६ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा विद्यालयमा पुगेका थिए।  मन्त्री अधिकारीले आफ्नो व्यस्तताका बाबजुत पनि समय दिएसँगै हर्षित बनेको… पुरा पढौ

अध्यक्ष दाहालद्वारा समवेदना प्रकट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गरेका छन्। उहाँले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई समवेदना प्रकट गरेका दाहालको सचिवालयले जनाएको छ । त्यसैगरी अध्यक्ष प्रचण्डले आजै बिहान व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज… पुरा पढौ

हेलिकप्टर दुर्घटना : प्रचण्डले भेटे शोकाकुल परिवारजन

नेकपका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएकाको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका छन् । प्रचण्डले दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेटेर समवेदना व्यक्त गरेका हुन् । त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी दुख एवं समवेदना व्यक्त गरेका हुन् । मन्त्री… पुरा पढौ

शव परीक्षणका लागि काठमाडौँ पठाईयो

दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । निरन्तर मौसम केहि सुधार आएपछि शव काठमाडौँतर्फ पठाएको छ । केहि बेर अगाडि सम्म ताप्लेजुङमा निरन्तर हिमपात र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको थियो । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आएपछि शवहरू काठमाडौँ… पुरा पढौ

योगेशको मर्मस्पर्शी वक्तव्य : ‘प्रिय बहिनी विद्या, तिम्रो पीडा शव्दमा व्यक्त गर्न सक्दिनँ’

नेकपाका नेता एवं सांसद योगेश भट्टराईले आफ्ना अनन्य मित्र एवं नेपाल सरकारका पर्यटनमन्त्रीको निधनमा शोक वक्तव्य जारी गरेका छन्। २०४४ सालदेखि अधिकारीसँग राजनीतिक सहयात्रा गरेका सांसद भट्टराईले निकै मर्मस्पर्शी वक्तव्य जारी गरेका छन्। यस्तो छ उनको शोक वक्तव्य। हिजो फाल्गुन १५ गते दिउसो साँढे १ बजेतिर ताप्लेजुङ जिल्लाको फुङलिङ्ग नगरपालिका– १० सिस्नेभीरमा एआर डाइनेस्टीकको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारी, हवाई उड्डयन व्यवसायी आङछिरिङ… पुरा पढौ

फागुन २३ गते काठमाडौंमा शोक सभा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ। बैठकले यही फागुन २३ गते मन्त्री अधिकारीको निधनप्रति श्रद्धाञ्जलीका लागि शोक सभा गर्ने निर्णय गरेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा भएपछि नेकपाको आकस्मिक बैठक बसेको थियो। बैठकमा मन्त्री अधिकारी लगायतका मृतकहरुप्रति मौनधारण गरिएको थियो। बैठकले तीन दिनसम्म पार्टी कार्यालयहरुमा पार्टीको झण्डा झुकाउने निर्णय पनि गरेको छ। बैठकले मन्त्री अधिकारी लगायत दिवंगत सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरुमा गहिरो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं