जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक बन्दीको मृत्यु भएको छ । भारत मोतिहारी घर भई पोखरा महानगरपलिका ८ चिप्लेढुङ्गा नजिकै सुन्दर मार्गमा बस्ने ३० वर्षका सन्दीप शाहको बिहीबार उपचारका क्रममा सेवा अस्पताल रामघाटमा निधन भएको हो ।
एक्कासि बान्ता गरेका शाहलाई उपचारका लागि प्रहरीले सेवा अस्पताल लगेको थियो । उनी लागुऔषध मुद्दामा म्याद थप गरी कास्की प्रहरीको हिरासतमा थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।






