ताप्लेजुङमा हिजो भएको हेलिकप्टर दुर्घटनाले यतिबेला देशमा शोक नै छाएको छ ।
दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो । दुर्घटनामा सबैका शव चिन्नै नसक्न गरी जलेका छन् । मृतक सबैको शव यतिबेला राजधानी ल्याईएको छ तर मन्त्री अधिकारी र उनका अंगरक्षक बाकेह अन्य पाँच यात्रुको शव पहिचान हुन सकेको छैन । दुर्घटनामा निधन भएका मन्त्री अधिकारी र अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मात्र शवको सनाखत हुन सकेको हो । मृतकहरुको सनाखत (शव पहिचान) र पोष्टमार्टम भएपछि मात्र अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइनेछ ।
मन्त्री अधिकारी ताप्लेजुङ तेह्रथुमस्थित चुवानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्नका लागि पुगेका थिए । त्यसपछि फर्कदै गर्दा हेलिकप्टर पाथीभरा मन्दिर नजिकैको जंगलमा भएको थियो । जुन दुर्घटनामा मन्त्री अधिकारीसंगै पाइलट प्रभाकर केसी ,यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ , प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल ,अर्जुनकुमार घिमिरे, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभयाको ज्यान गएको हो ।






