“हेलिकप्टर दुर्घटनाबाट असह्य पीडा महसुस भयो” :- प्रधानमन्त्री

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी र यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई असह्य पीडा भएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दे उनले मन्त्री अधिकारी र शेर्पाका निधनले आफूले परिवारको सदस्य नै गुमाएको झै पीडा भएको उल्लेख गरेका हुन् । मन्त्री अधिकारी र शेर्पा समृद्ध नेपाल र सुखी नेपालीको सारथीका रूपमा रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री लेख्छन्

हामीले देखेको “समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रूपमा आज मा। अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अब्बल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पासहित तेह्रथुमको चुहान डाँडामा नयाँ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो। यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महशुस गरेको छु।

मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दुस्ख व्यक्त गर्दछु। सरकार साथमा छ- हामी सबै साथ-साथ मिलेर यस पीडालाई सहन गर्न सकौं।” मन्त्री अधिकारी प्रधानमन्त्री ओलीको निकै निकट सम्बन्ध भएका व्यक्ति थिए । उनको निधनले ठुलो क्षती भएको प्रधानमन्त्री बताएका छन् ।