समाचार

मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सकिने

पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासम उनको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले बताए । पोखरा प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताएका हुन् । मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको आचार्यले बताए । त्यसैले अधिकारीकी धर्मपत्नी विद्या, बुबा… पुरा पढौ

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका ५ जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको आज दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको हो । दिवङ्गत उपसचिव दाहालको पार्थिव शरीरमा उनका दाजु देवराज दाहालले दागबत्ती… पुरा पढौ

सामान्य समिति बनाएर घटना ढाकछोप गर्न खोजियो: सांसद नरोत्तम वैद्य

 काठमाडाैं क्षेत्र नं ४ का प्रदेश सांसद नरोत्तम वैद्यले ताप्लेजुङको सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गरेका छन् ।  नेपाली राजनीतिका एक उदीयमान नेता तथा सरकारका जिम्मेवार मन्त्रीसँगै सात जनाको मृत्यु हुने गरी भएको दुर्घटनालाई सामान्य छानविन समिति गठन गरेर ढाकछोप गर्न खोजिएको भन्दै उनले एक विज्ञप्तिमार्फत चालकले प्रतिकूल मौसमप्रति सजग गराउँदा गराउँदै हेलिकप्टर उडाइएको र त्यसको भिडियो… पुरा पढौ

बाँच्नेहरुलाई असाधारण पीडाबोध हुन्छ : जनार्दन शर्मा

नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले युवा नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको मृत्युले बाँच्नेहरुका लागि असैह्य पीडा भएको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले मृत्यु सामान्य परिघटना भए पनि बाँच्नेहरुका लागि असाधारण पीडाबोध हुने धारणा राखेका छन् । ‘आखिर मृत्यु के हो ? सामान्य परिघटना हो। जसले आफन्त र बाँचेकाहरुलाई असाधारण पीडाबोध हुन्छ’ शर्माले लेखेका छन्। शर्माले जनताका प्रिय नेता… पुरा पढौ

मन्त्री अधिकारीको विदाइ : सम्हाल्न खोज्नेलाई नै सम्हालिन ‘मुस्किल’

श्रीमती विद्या अधिकारी (भट्टराई) को डाको, बुबा इन्द्र र आमा लक्ष्मीको आर्तनाद, छोरा विराज र स्वराजको विलाप र आफन्तहरुको आँशुले प्रदर्शन केन्द्र शोकको कोलाहल मच्चियो । स्व. मन्त्री अधिकारीको श्रीमती विद्यालाई नेकपाकी नेतृ रामकुमारी झाँक्रीले सकससहित सम्हालिन् । कास्की घर आउँदा बाहिरैदेखि हँसिलो मुहारमा घर आउने बुबा यस्तो आवस्थामा देख्दा छोराहरु विराज र स्वराजको विलापले वरपरका सबैको मन कटक्क खान्थ्यो । पार्टीका नेता र आफन्तजनले आँखामा आँशु लुकाएर मन्त्री अधिकारीका… पुरा पढौ

१३५ जना प्रहरी जवान दिक्षित

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र, रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औं समूहको आज दिक्षान्त समारोह सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालीम १३६ औं समूहको दिक्षान्त समारोह सम्पन्न भएको हो । मिति २०७५ जेष्ठ २६ गते देखि मिति २०७५ साल फाल्गुन १६ गते सम्म संचालन भएको प्रहरी जवान आधारभूत तालिममा १३५ जना प्रशिक्षार्थी प्रहरी… पुरा पढौ

‘रवीन्द्रजी, तपाईमा मदन भण्डारीको गुण थियो’:भीम गौतम

रवीन्द्र अधिकारीजीसित मेरो पहिलो भेट २०४६ साल आश्विन ३ गते वन विज्ञान अध्ययन संस्थान पोखरामा भएको हो । भर्खरै एसएलसी पास गरेर अध्ययनको शिलशिलामा पोखरा पुगेको मैले पहिलो राजनीतिक अनुभव सिक्ने मौका पाएँ । हुन त दाजु पारस गौतम र अन्य अग्रजहरु राजनीतिमा तत्कालीन अवस्थामा भूमिगत रुपमै भएपनि संगठित हुनुहुँदो रहेछ भन्ने हेक्का मलाई पोखरा पुगेपछि थाहा भयो । जानेर नजानेर म तत्कालीन अनेरास्ववियु पाँचौँमा आवद्ध भएँ र २०४६ सालको… पुरा पढौ

रवीन्द्रको निधनले नेपाललाई ठूलो क्षति: डा.भट्टराई

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रवीन्द्र अधिकारीको निधनले नेपाललाई ठूलो क्षति पुगेको बताएका छन् । शुक्रबार बिहान काठमाडौँको टुँडिखेलमा अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिएपछि डा.भट्टराईले उक्त कुरा बताएका हुन् । नेकपाका युवा नेता, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका अधिकारीको निधनले लोकतान्त्रिककरणपछि समृद्धिको दिशामा मुलुक प्रवेश गरेका बेला यस्तो घटनाले नेपाललाई ठूलो क्षति पुगेको डा.भट्टराईले बताए ।   डा.भट्टराईले देशमा रवीन्द्र अधिकारी जस्ता अत्यन्त सिर्जनशील युवा नेतृत्वको खाँचो रहेको… पुरा पढौ

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । काठमाण्डुबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो । शव ल्याउने भएपछि उनका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका छन् । उनको शवलाई नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ । श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म… पुरा पढौ

यस्तो होटल : जहाँ हुन्छश्रीमान श्रीमतीको सम्बन्ध बिच्छेद

दुनियामा मानिसहरु होटल भन्ने बित्तिकै वास बस्न अथवा खाना खान रमाईलो गर्न लगाएत भन्ने बुझ्ने गर्छन् । तर हामी तपाईहरु लाई आज यस्तो होटलको बारेमा जानकारी दिन गईरहेको छौं । जो यी सब बाहेक अन्य कुराको लागी पनि जाने गरेका हुन्छन् । नेदरल्याण्डसमा यस्तो होटल छ । जहाँ छिर्न साथ श्रीमान श्रीमतीको सम्बन्ध बिच्छेद हुन्छ । बास्तवमा ति डिभोर्स नाम गरेको होटलमा खाना बस्नको लागि मात्र नभई डिभोर्स गराउने थुप्रै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं