स्वः मन्त्री रबिन्द्र अधिकारीका बिर्सनै नसकिने भनाईहरु

पोखरा । कास्कीमा जन्मेर राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल युवा नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले कास्की शोकमा डुबेको छ।

बुधबार बिहानैदेखि कास्कीको मौसम खराबसमेत भएको थियो। मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर दिउँसो एकाएक सामाजिक सञ्जालमा फैलिएपछि शुभचिन्तकले भगवानसगँ प्रार्थना गर्दै बसेका थिए। अन्ततः दैवको लीला दुःखद खबर सञ्चार भयो। सो खबरले सबैको आँखा रसाएका छन् ।

समग्र राष्ट्रले समेत मन्त्री अधिकारीबाट भविष्यमा परिवर्तनको अपेक्षा गरेकोमा सो सपना एकाएक चुँडियो। अल्पायुमै भएको निधन सपनाजस्तो भएको महसुस जिल्लावासीले गरेका छन् । 

उनको निधनको खबरले पोखरा–५, मालेपाटनस्थित उनको घरमा क्षणभरमा शुभचिन्तकको भीड देखियो। आफन्त, शुभचिन्तक, नेकपासहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणको भीड लागेको थियो । रबिन्द्र अधिकारीका बिर्सनै नसकिने भनाईहरु यस्ता छन् ।