समाचार

कैलाश विकास बैंकमा सुरक्षित नारी बचत योजना

कैलाश विकास बैंकले नारी दिवसका उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको छ । जसमा शून्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क ५ लाखसम्मको दुर्घटना बीमा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुविधामा ५० प्रतिशत छुट लगायतका सुबिधा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिए । देशभर ९० वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको ३५ एटिएम छन् । निकट भविष्यमा देशका बिभिन्न ७… पुरा पढौ

जब रवीन्द्रका छोरा प्रधानमन्त्रीसँग हात मिलाउन पुगे

शोकको घडी । काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित श्रद्धान्जली सभा ।  त्यसैपनि श्रद्धान्जलीसभा भावुक हुने नै भयो ।  उपस्थितहरु दिवंगत नेता तथा आफन्तहरुको अनुहार हेरेर मलिन अनुहार लगाइरहेका थिए । सहभागिहरु के बोल्ने के गर्ने भन्ने दुविधामा थिए । कार्यक्रमस्थलमा एक किसिमको सन्नाटा नै छाएको थियो ।  बिहीबार १ बजेका लागि राखिएको… पुरा पढौ

सांसद कोमल वलीलाई कारबाही गर्न माग

नेकपा सांसद कोमल वलीले दलित समुदायलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै दलित अधिकारीकारकर्मीले विरोध जनाएका छन् । कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने ‘इट्स माई सो’ कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उक्त कार्यक्रममा सांसद वलीले मृत्युपछिको प्रसंग चलिरहँदा भनेकी छन, ‘आफू मरिसकेपछि डुमै राजा’ जुन शब्दावलीले दलित समुदायलाई होच्याइएको र आत्मसंम्मानमा चोट पुर्याएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका… पुरा पढौ

शोकलाई शक्तिमा बदल्ने संकल्प गरेर दिवंगत नेताका सपना पूरा गरौँ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेताहरूको शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नुपर्ने बताएका छन्। नेकपाले बिहीबार काठमाडौं आयोजित गरेको तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायतका नेता र ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको सम्झनामा आयोजित श्रदाञ्जलि सभामा बोल्दै प्रचण्डले आफूहरू अहिले शोकमा भएको र दिवंगत भएकाका परिवार शोकमा भएकाले त्यो शोकलाई शक्तिमा बदल्ने बेला आएको बताए। प्रचण्डले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्यु… पुरा पढौ

राष्ट्रपति भण्डारीले गरिन् ‘लिफ्ट’ उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्दवासिनी मन्दिरको लिफ्ट उद्घाटन गरेकी छिन् । बिहीबार मध्यान्ह १२ बजे पोखरामा रहेको सो मन्दिरको लिफ्ट उद्घाटन गरिएको मन्दिरका पिठाधिस स्वामी निशेषानन्दले रातोपाटीलाई जानकारी दिए ।  बिन्दवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं हुन्डाई मोटर्सका नेपाल डिस्टीब्युटर समेत रहेका गणेशबहादुर श्रेष्ठको पहलमा १ करोडको लागतमा सो लिफ्ट बनाइएको हो ।  अपाङ्ग, अशक्तहरुलाई लक्षित गरि लिफ्ट बनाइएको स्वामीले जानकारी दिए ।  लिफ्टमा एक पटकमा १२ जनासम्म चढ्न… पुरा पढौ

राष्ट्रपति भण्डारी मनकामना मन्दिरमा

राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा पूजा अर्चनाका लागि पुगेकी छन्। बिहीबार दिउँसो हेलिकोप्टरबाट मनकामना पुगेकी भण्डारीले मन्दिरमा पूजा अर्चना गरेकी छिन्। २०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षति पुगेको मनकामना मन्दिर करिब १४ करोडको लगानीमा पुनर्निर्माण सकिएको छ। सरकारी सहयोग र भक्तजनबाट उठाइएको चन्दाबाट पुनर्निर्माण गरिएको मनकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ। राष्ट्रपतिबाट मन्दिरमा पूजाअर्चना भइरहँदा भक्तजनले भने लाइनमा बसेको लामो समय हुँदा पनि पूजा… पुरा पढौ

सुकुम्बासी समस्या सामधानको कानुन अन्तिम चरणमा : मन्त्री ढकाल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सुकुम्बासी र बसोवासको समस्या समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको बताउँदै नहतारिन आग्रह गरेका छन् । बुधबार मोरङको कानेपोखरी गाउँपालिका स्तरीय बृहत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्रि ढकालले सो कुरा बताएको हो । भूमिसँग सम्बन्धी नीतिगत व्यवस्था पुरा गरेर सदनमा लगि सकेकोले अब चाँडै सुकुम्बासी र बसोवासको समस्या समाधान हुँने मन्त्रि ढकालले बताए ।… पुरा पढौ

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद हृदयेश त्रिपाठीले सरकार र सदनको ध्यानाकर्षण गराए । सभामुखसँग समय माग गर्दै सांसद त्रिपाठीले किसानले उत्पादन गरेको कृषि उपज विचौलियाले निर्धारण गरेर किसान र… पुरा पढौ

जम्मूमा बम बिस्फोट , १८ जना घाईते

पुलवामा आक्रमणपछि जम्मू करिश्मरमा अझै पनि तनावको अवस्था रहेको छ । सिमा क्षेत्रमा भारत पाकिस्तानी पक्षबीच दोहोरो भिडन्त भई नै रहेको छ भने भारती सेनाले कश्मिरमा रहेका चरमपंथी संगठन र तीनका सदस्यहरुलाई निसानामा पारिरहेको छ । यसैबीच जम्मूमा आज मात्र पनि बम बिस्फोट भएको छ । जम्मूस्थित बस स्ट्याण्डमा ग्रेनाइड बम बिस्फोट भएको जनाएको छ । घटना स्थानीय समय अनुसार ११ बजेर ४५ मिनेटमा भएको र सो बिस्फोटबाट १८ जना… पुरा पढौ

राजधानीको मखनमा आगलागी

राजधानीको मखनमा बिहीबार दिउँसो केही घरमा आगलागी भएको छ। जुद्ध वारूण यन्त्र बसन्तपुरका अनुसार बिहान १२ बजेतिर मखनको सानो पशुपति जाने बाटोको एक घरबाट आगलागी भएको थियो। पछि त्यो आगो अरू घरमा फैलिएको थियो। आगलागी नियन्त्रण गर्न चार वटा वारूण यन्त्र परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं