समाचार

नागरिकमाथि हुने अपराधसह्य हुदैन : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोश नागरिकमाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताएका छन् । विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत निर्दोष जनतामाथि खेलवाड गरिरहेको भन्दै यसरी अवैध ढङ्गले हतियार सङ्कलन गर्नु कानून विपरीत रहेको बताए । कुनै पनि समूहको नाममा देश र जनतामाथि गरिने हिंसालाई रोक्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु सरकारको प्रमुख दायित्व भएको मन्त्री ज्ञवालीले बताए । नेपाल पत्रकार महासङ्घ गुल्मीद्वारा… पुरा पढौ

संविधानले अनुमति नदिने काम हुन नदिने : रक्षामन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्नुहुँदै कानून सबैले इमान्दारीका साथ परिपालना गर्नुपर्ने उल्लेख गरे । उनले मुलुकका तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले… पुरा पढौ

हाम्रो आन्दोलनको सफल अवतरण भयो – सिके राउत

। सिके राउतले आफ्नो आन्दोलनलाई सफल अवतरण गराइदिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । सरकारसँग आज भएको ११ बुँदे समझदारी सभालाई सम्बोधन गर्दै आफ्नो आन्दोलनका क्रममा हजारौ कार्यकर्ता जेलमा रहेको, यातना पाएको बताउदै आफुहरु बुद्धका अनुयायी भएकोले आफुहरुको आन्दोलनको शान्तिपूर्ण अवतरण भएकोमा खुशी व्यक्त गरेका छन् । राउतले आफुहरु राज्यले दमन गर्दा पनि आफुहरु अहिम्सात्मक आन्दोलन गरिरहेको विभिन्न उदाहरण समेत दिएका थिए । प्रहरीले आफुहरुलाई लाठी बर्साउदा आफुहरुले… पुरा पढौ

जेल महाविद्यालय रहेछ :सिके राउत

स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतले समुदाय समुदायसँग नलडाउने सपना पूरा नहुने बताएका छन्। ‘हामीले पनि स्वतन्त्र मधेशका लागि जनमत संग्रहका लागि गरौं भन्ने माग थियो। यो सरकारले पनि स्वीकार गरेको छ’ राउतले भने, ‘जनताको फैसला नै मूख्य कुरा हो। हामी त्यो मान्छौं, हामी हिंसाको पक्षमा छैनौं। जनताले आफ्नो अधिकार प्रयोग गरुन्, हामी त्यो मान्छौं।’ उनले सरकारले २ नम्वर बुंदामा जनमत संग्रह स्वीकार गरेको दावी गरेका छन् । उनले भने,… पुरा पढौ

गोर्खा सैनिकको पेन्सन वृद्धि गर्ने घोषणा

बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ । यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७ अघि भर्ना भएका करीब २२ हजार गोर्खा सैनिक लाभान्वित हुने काठमाडौँस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पेन्सन वृद्धिका लागि करीब २२ अर्ब रुपियाँ बराबरको बजेट छुट्याइएको छ । पेन्सन वृद्धि ३४ प्रतिशतसम्म हुने छ भने सो रकम व्यक्तिगत परिस्थितिका आधारमा फरक… पुरा पढौ

एस म्यानको खोजी गर्दा पार्टी एकीकरण भएन – वरिष्ठ नेता माधवकुमार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दावी गरेका छन् । उनले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभए पनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहाँदा पार्टीको… पुरा पढौ

राष्ट्रपतिको सवारी: पोखरामा पनि जामको विरोध गर्दै जनताले गरे बिद्रोह

बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा स्थित विन्द्यावासिनी मन्दिरमा अपाङ्ग, वृद्धवृद्धा र अशक्त समेतले अब सहजै मन्दिर पूजाआजा र दर्शन गर्न सक्ने सुविधा सहित निर्माण भएको लिफ्ट उद्घाटनको लागि पोखरा आएकि थिइन् । गत मंगलबार राजधानीमा रास्ट्रपति रात्रि भोजमा सरिक हुन जाने क्रममा जाममा परेपछी जनताले विद्रोह गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो । उस्तै कदम आज पोखराका जनताले पनि चालेका छन्। तर काठमाण्डौ र पोखराको सवारी र जामलाई तुलना… पुरा पढौ

नारी दिवस कि श्रमिक महिला दिवस ? (बहस)

मार्च ८ अर्थात् महिला मुक्तिको ऐतिहासिक दिन। आज यो दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी उत्साहका साथ मनाइन्छ। कतिले मार्च ८ लाई नारी दिवस, कतिले श्रमिक महिला दिवस त कतिले महिला दिवसका रुपमा समेत व्याख्या गर्दै आएका छन्। खासमा मार्च ८ नारी दिवस हो कि श्रमिक महिला दिवस ? यो सामान्य विषय नभएर एउटा गम्भिर विचारधारात्मक बहस पनि हो। संसारमा जति बेलादेखि निजी सम्पत्तिको सुरुआत भएपछि नै वर्गीय सङ्घर्षको थालनी भएको… पुरा पढौ

शहीद भएका परिवारलाई रोजगारी दिइने

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुक ढिला सुस्तीका कारण अगाडी बढ्न नसकेको बताएका छन् ।  राजपा र फोरमद्वारा संयुक्त रुपमा सप्तरीको राजविराज नगरपालिका–९ मलेठ घटनामा ज्यान गुमाएका पाँच जना शहीदको दोस्रो पुण्य तिथिको अवसरमा आयोजना गरिएको श्रद्घाञ्जलिसभालाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिएपछि आफू कमजोर हुने डरले प्रदेश सरकारलाई पूरा अधिकार नदिएको आरोप लगाए ।  उनले सरकारी स्तरबाट गठित आयोगको टोली र राष्ट्रिय मानव अधिकारको टोलीले… पुरा पढौ

हिला हिंसाविरुद्ध नारी जागरण आवश्यक छ : शेरबहादुर देउवा

। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।  उनले आज एक विज्ञप्तिमार्फत मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन् ।  “हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं