चिसोले लुप्राका वालवालिका बिरामी ,गाउँपालिकाको पहलमा उपचार


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा लुप्रा आधारभुत बिद्यालय लुप्रामा सामूहिक बिरामी परेका १२ जना वालवालिकाको शुक्रबार स्वास्थ्य परिक्षण गराई अवस्था सामान्य पारिएको छ ।

अत्यधिक चिसो र दुषित फोहोर पानीका कारण उक्त बिद्यालयको छेसेकेङ्चे होस्टेलमा बस्दै आएका वालवालिका अर्धचेत बिरामी परेका थिए ।हिउँदयामको लामो बिदापछि ३ साताअघि मात्र नयाँ शैक्षिक सत्रको पठन पाठन सुरु गरेको लुप्रा आधारभुत विद्यालयका बिद्यार्थी बिहिबार मध्यराति सामूहिक रुपमा १२ जना वालवालिका अर्धचेत बिरामी परेका हुन् ।चिसो र दुषिता पानी प्रयोगका कारण उनीहरुलाई बान्ता आउने,टाउँको दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिएको जनाईएको छ ।


लुप्रा आधारभुत बिद्यालय सरकारी सामूदायिक बिद्यालय हो भने, उक्त बिद्यालयको होस्टेल छात्राबास संञ्चालन तथा सहयोग बिदेशी संस्थाले जिम्मा लिएको हो ।।होस्टेल बसेका वालवालिकाहरु एक्काशी सामूहिक बिरामी परेपछि बिद्यालयले शुक्रबार गाउँपालिकालाई खबर गरेको हो ।


’हामीले प्रारम्भिक सूचना झाडा पखलाको प्रकोप भन्ने सूचना पायौं,वारागुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले भने,’समस्या जटिल हुने सम्झिएर प्रशासनको सहयोगमा जोमसोम अस्पतालका स्वास्थ्यकर्मीलाई तैयार अवस्थामा रहन भन्यौ ।‘ रेग्मीका अनुसार सामूहिक बिरामी परेका वालवालिकाको बिद्यालयमै पुगेर प्राथमिक उपचार गरेको र अहिले अवस्था सामान्य रहेको बताए । केही वालवालिकालाई थप उचपाचारका लागि जोमसोम अस्पताल पू¥याईएको उनले जानकारी दिए ।


वालवालिका अकस्मात बिरामी परेको खबरपछि गाउँपालिकाको अगुवाईमा स्वास्थ्यकर्मी टोली लुप्रा गाउँ पुगेको सूचना अधिकारी सुर्य तिमिल्सिनाले जानकारी दिए ।टोलीले वालवालिकालाई चिसोबाट जोगाउन र स्वच्छ पानीको प्रयोग गर्न बिद्यालय तथा होस्टेल वार्डेनलाई सुझाव दिएको उनले बताए ।


जोमसोम र कागबेनीबीचको पूर्वतर्फ करिव ५ किलोमिटर पर ल्प्रा गाउँमा अवस्थित उक्त बिद्यालयको छात्राबास होस्टेलमा लुप्रा गाउँ लगायत खिङ्गा,झारकोट र शान्ता गाउँका करिव ८० बिद्यार्थी अध्ययनरत छन् ।


हिउँदे बिदापछि सबै बिद्यार्थी उपस्थित नभएपनि बिहिबारका दिन करिव ३० बिद्यार्थी हास्टेलमा उपस्थित भएको बिद्यालयका प्रधानाध्यापक भीमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार हिउँदको लामो बिदाका समय बेशी बसेका बिद्यार्थीलाई एकसाथ चिसोका कारण बिरामी परेको हुनसक्ने अड्कल गरे ।

‘कहिल्यै यसरी होस्टेलका बिद्यार्थी सामूहिक बिरामी परेका थिएनन्,’उनले भने,‘खानपान पनि राम्रो भएको लाग्थ्यो,अब होस्टेलको खानपानमा ध्यान पु¥याउनुहोस भनेका छौं ।’