वैदेशिक रोजगार व्यवासायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ।
बसुन्धरा सुन्दरमार्गस्थित अध्यक्ष गुरुङको घरमा भएको विस्फोबाट घरमा आगलागी भएको छ। आगलागीबाट पार्किङ गरेर राखेको टोयटाको फर्चुनर कार जलेर पूर्ण ध्वस्त भएको छ।
विस्फोट हुँदा लागेको आगो प्रहरीको सहायतामा दलकलले निभाइसकेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। क्षतिको विवरण आउन बाँकी छ।






