समाचार

अष्ट्रियन नागरिक फ्रेडिटको अत्याधुनिक कार

अष्ट्रियन नागरिक फ्रेडिट सोवादा आफ्नो ६ पाङग्रे अत्याधुनिक कार चलाउदै शनिवार मुस्ताङको जोमसोम टुरिस्ट चेकपोष्टमा भेटिए । विश्व कारयात्रा गर्ने क्रममा उनी मुस्ताङ आईपुगेको उनले भेटमा बताए । उनी केहि वर्षअघि देखि त्यही ६ पाङ्ग्रे अष्ट्रियन कार चलाउदै विश्व भ्रमण गर्ने रफ्तारमा रहेछन् ।अनौठो प्रकारको अत्याधुनिक बसको मोडल जस्तो कार ।त्यही चलाउदै मुस्ताङ आएका उनी नेपाल आएको दुईसाता भएको बताउछन् ।उनको विश्वयात्रा एक्लै गर्ने गरेको र आफ्नो संम्पूर्ण रेकर्ड जिपिएसको… पुरा पढौ

कांग्रेस सांसद अमरेशकुमारको दोस्रो बिहे

नेपाली कांग्रेसका सांसद अमरेश सिंहले दोस्रो बिहे गरेका छन् । सांसद सिंहले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग बंगलामुखी मन्दिरमा विवाह गर्दै दोस्रो घरजम बसालेका हुन् । सर्लाही घर भएका सिंहले कञ्चनपुरकी जोशीसँग लगनगाँठो कसेका हुन् । सिंहले २०६४ सालमा पहिलो विवाह गरेर २०६७ सालमा सम्बन्ध विच्छेद गरेका थिए । भारतको कुमायू विश्वविद्यालयमा पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो । पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी जोशीको श्रीमान विरामी… पुरा पढौ

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

रौतहटमा १४ बर्षिय बालिकाको सामूहिक बलत्कार गरीएको छ । बिहिबार दिउसो उक्त बालिकालाई तीन जना यूवाहरुले सामूहिक बलत्कार गरेका हुन् । १४ वर्षीया बालिकालाई सामूहिक बलत्कार गरेपछि हत्या गरी रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा फालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बालिकालाई यूवकहरुले फकाउँदै ना ५४ प ६४६८ नम्बरको मोटरसाइकलमा नजिकैको जंगलमा लगेर सामूहिक बलत्कार गरेका हुन् । किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ… पुरा पढौ

अग्रणी ११ महिलालाई जननी सम्मान

महिलाद्वारा सञ्चालित महिला मात्रै कार्यरत रेडियो जननी ९०।६ ले १०९ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस एवं छैटौँ रेडियो स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रका ११ महिलालाई सम्मान गरेको छ । सम्मानित हुनेमा शैक्षिकतर्फ प्रा भगवती केसी, उद्यमशीलतातर्फ सौन्दर्य व्यवसायी चिनु गुरुङ, महिला बालवालिकातर्फ सम्झना देवकोटा, धार्मिक क्षेत्रतर्फ ब्रह्मकुमारी पुनम गुरुङ, स्वास्थ्य क्षेत्रतर्फ जीता बराल, सामाजिक क्षेत्रतर्फ ईश्वरी गुरुङ, पर्यटन क्षेत्रतर्फ सौमाया भट्टराई, अपाङ्गता क्षेत्रतर्फ अञ्जना केसी, साहित्य क्षेत्रतपर्फ रमा प्रासर, सहकारीतर्फ… पुरा पढौ

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा विस्फोट

वैदेशिक रोजगार व्यवासायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ। बसुन्धरा सुन्दरमार्गस्थित अध्यक्ष गुरुङको घरमा भएको विस्फोबाट घरमा आगलागी भएको छ। आगलागीबाट पार्किङ गरेर राखेको टोयटाको फर्चुनर कार जलेर पूर्ण ध्वस्त भएको छ। विस्फोट हुँदा लागेको आगो प्रहरीको सहायतामा दलकलले निभाइसकेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। क्षतिको विवरण आउन बाँकी छ। पुरा पढौ

चिसोले लुप्राका वालवालिका बिरामी ,गाउँपालिकाको पहलमा उपचार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा लुप्रा आधारभुत बिद्यालय लुप्रामा सामूहिक बिरामी परेका १२ जना वालवालिकाको शुक्रबार स्वास्थ्य परिक्षण गराई अवस्था सामान्य पारिएको छ । अत्यधिक चिसो र दुषित फोहोर पानीका कारण उक्त बिद्यालयको छेसेकेङ्चे होस्टेलमा बस्दै आएका वालवालिका अर्धचेत बिरामी परेका थिए ।हिउँदयामको लामो बिदापछि ३ साताअघि मात्र नयाँ शैक्षिक सत्रको पठन पाठन सुरु गरेको लुप्रा आधारभुत विद्यालयका बिद्यार्थी बिहिबार मध्यराति सामूहिक रुपमा १२ जना वालवालिका अर्धचेत बिरामी परेका हुन्… पुरा पढौ

नारी दिवस कि श्रमिक महिला दिवस ? (बहस)

मार्च ८ अर्थात् महिला मुक्तिको ऐतिहासिक दिन। आज यो दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी उत्साहका साथ मनाइन्छ। कतिले मार्च ८ लाई नारी दिवस, कतिले श्रमिक महिला दिवस त कतिले महिला दिवसका रुपमा समेत व्याख्या गर्दै आएका छन्। खासमा मार्च ८ नारी दिवस हो कि श्रमिक महिला दिवस ? यो सामान्य विषय नभएर एउटा गम्भिर विचारधारात्मक बहस पनि हो। संसारमा जति बेलादेखि निजी सम्पत्तिको सुरुआत भएपछि नै वर्गीय सङ्घर्षको थालनी भएको… पुरा पढौ

हेलिकोप्टर दुर्घटनाले आशंका उब्जिएको छ : योगेश भट्टराई

 ताप्लेजुङबाट निर्वाचित प्रतनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा देवीको मन्दिरमा जाँदा कहिलै सात जना एउटै हेलिकोप्टरमा चढ्न नहुने बताएका छन् ।  उनले पाथीभरामा हेलिकोप्टरमा सात जना लैजाँदा दुर्घटनाले विभिन्न आशंका उब्जाएको बताए । ‘ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकोप्टर दुर्घटना भएर ठूलो क्षति ब्यहोर्नु परेको थियो, यस पटकको दुर्घटनाले पनि धेरै आशंका उब्जाएका छन्,’ उनले भने । सरकारले घटनाको अध्ययन गर्न छानविन समिति गठन गरिसकेकाले सत्य तथ्य बाहिर आउनेमा विश्वस्त रहेको… पुरा पढौ

सिके राउतको निर्णय क्षमता प्रचण्डको जस्तै रहेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र तराई अभियान छोडेर शान्तिपूर्ण राजनीतिमा आउने भनेका चन्द्रकान्त राउतको निर्णय क्षमता आफ्नै पार्टी नेपाल कम्युनिष्टपार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जस्तै रहेको बताएका छन्।   विहिबार सरकार र राउतबीच भएको राजनीतिक सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै राउतको प्रशंसा गरेका हुन्।  'मैले सिके राउतमा असाधारण निर्णय क्षमता देखेँ। यस्तो निर्णय क्षमता मैले पुष्पकमल दाहाल प्रचण्डमा मात्रै देखेको थिएँ,' उनले भने, 'उहाँले पनि जनयुद्ध छोडेर शान्तिवार्ता हुँदै निर्वाचनमा आउने… पुरा पढौ

होलीमा घान्द्रुकमा घोडा दौड प्रतियोगिता

पर्यटकको उद्धारमा मात्रै होईन आवातजावातको साधन पनि हो घोडा । घान्द्रुकदेखि छोमरोङ, देउराली हुदैै टाडापानीको सहज यातायातको साधन पनि हुन् । दुख विमार पर्दा पर्यटकलाई उद्दार गर्ने महत्वपूर्ण साधन हुन् । मोटरबाटोको अभावमा खाद्यान्न ढुवानी गर्ने एक मात्र साधन समेत घोडा नै थिए । अब तिनै घोडा रेसरको रुपमा प्रयोग गरिदैं छ । कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा चैतको पहिलो साता अर्थात फागु पूर्णिमा दिन घोडा दौड हुदैं छ । त्यसको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं