स्वतन्त्र पत्रकार संघ नेपाल गण्डकी प्रदश उपाध्यक्ष दिननाथ बरालले पदबाट राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीका सहसचिवसमेत रहेका बरालले शनिबार राजीनामा घोषणा गर्दै अब कुनै संगठनमा नरहने जनाएका हुन् ।
शनिबार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा उम्मेदवारी दिएका बराल १ मतले पराजित भएका थिए । यसअघि बराल नेपाल पत्रकार महासंघ कास्कीमा स्वतन्त्र पत्रकार संघको तर्फबाट नेपाल प्रेस युनियनको सहयोगमा निर्वाचित भएका थिए ।
उनको स्टाटस
परिस्थितिले यस्तो निर्णय : विगत १६ बर्ष देखि पोखरा क्षेत्रमा पत्रकारिता गर्दै आउने दौरानमा हालसम्म कुनै पार्टी र पार्टीको भातृसंगठनमा नरहि स्वतन्त्र ढंगले पत्रकारिता गर्दै आएको तपाँईहरुलाई अवगत नै छ । विधि र प्रक्रियालाई अवलब्वन गर्नु पर्ने मान्यताले स्थापना भएको स्वतन्त्र पत्रकार संघमा स्थापना काल देखि हालसम्म लाग्दै आईयो ।
विभिन्न कालखण्डमा प्राप्त अवसरहरलाई समेत लात मार्दै निरन्तर स्वतन्त्र पत्रकार संघको पक्षमा वकालत गर्दै अगाडी बढी संगठनको बिरुद्ध प्रचार वाजी गर्ने उपर लड्दै पनि आइयो । संगठनमा लागेर आफुलाई व्यक्तिगत फाईदा भन्दा पनि संस्थालाई हित होस भनि सदैव आफ्नो तन, मन वचनले सकेको सहयोग गरियो ।
तर, समय र परिस्थितीले मानिसलाई धेरै कुरा सिकाउदो रैछ । आज ( २०७५ /११/२५ गते) सम्पन्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको चुनावी दौरानमा मलाई कुनै संगठनमा प्रबेस गरे र्निविरोध अध्यक्ष पद दिन्छु भन्ने वचन दिदा समेत वेवास्ता गर्दै स्वतन्त्र पत्रकार संघकै वकालत गरी उनीहरुसंग लड्ने अठोट गरे । तर बिडम्वना अन्य सवै संघ संगठन म बिरुद्ध लागि पर्दा समेत मैले वकालत गरेको मेरै संस्थाको तर्फबाट न कोहि उपस्थित भयो न कसैले फोन सम्पर्क वा ढाडस नै दिने काम गर्यो ।
यस्तो समयमा आफुलाई संस्थागत तवरबाट टुहुरो बनाईएको महशुस हुदो रैछ । जुन संस्थालाई भनि आफुलाई प्राप्त सवै अवसरलाई लत्याए त्यही संस्थाले नत चुनावको समयमा ढाडस दियो नत चुनावको नतिजा सार्वजनिक भएपछि शान्त्वना नै दिन सक्यो ।
अत: यस्तो एकपक्षिय तवरले संस्थाको लागि भनेर लड्दा लड्दै आज थाकेको महशुस भए पछि आजकै दिनदेखि स्वतन्त्र पत्रकार संघ नेपाल गण्डकी प्रदेश उपाध्यक्षको पदबाट राजिनामा दिने निर्णय गर्दै आजैदेखि संघको कुनै पनि पदमा नरहने स्वघोषणा गरेको छु ।
मलाई संस्थामा हिजोका दिनसम्म रहिरहदा जो जसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएको थियो उहाँहरुलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा तपाँईहरुसंगै अघि बढ्न नसकेकोमा क्षमा माग्न चाहन्छु ।






