धादिङ समाज, ज्वालामुखी गाउँपालिका इकाइको साधारणसभा

धादिङ–पोखरा सम्पर्क समाज ज्वालामुखी गाउँपालिका इकाइको दोस्रो साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर लम्सालले समाजको गतिविधि सफल हुनुमा एकाईको भूमिका महत्वपूर्ण रहेको बताए ।

कृष्णबहादुर लम्साल

उनले समाजको नियमभित्र रहेर काम गर्ने इकाइलाई समाजले सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै उनले समाजको गतिधिमा थप सक्रिय भएर लाग्न समेत आग्रह गरे ।

संस्था स्थापना गर्दाको अनुभव सुनाउँदै धादिङ समाजका तदर्थ समिति अध्यक्ष नवराज दुवाडीले अहिले समाजले सबैतर्फ सञ्जाल फिजाउँन सफल भएको उत्कृष्ट सामाजिक गतिविधि सञ्चालन सफल भएकोमा आफूलाई निकै खुशी लागेको बताए ।

समाजका पूर्व अध्यक्षद्वय हरि अर्याल र बलराम खतिवडाले समाजभित्र सामाजिक भावनाले मात्र काम गर्न आग्रह गरे ।

समाजका संस्थापक सचिव रामकृष्ण दवाडीले समाजका लागि इकाइ अपरिहार्य भएकाले इकाइलाई सही ढंगले अघि बढाउनुपर्ने खाँचो औंल्याए ।


समाजका महासचिव रामप्रसाद पाण्डे राजुले समाजलाई गतिशील बनाउन इकाइसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

समाजका सल्लाहकार हरि पन्तले इकाइप्रतिको नकारात्मक धारणा चिरेर अघि बढ्न आवश्यक रहेको बताए ।

लेकसाइड पारिवारिक समाजका अध्यक्ष ईश्वर कुमार श्रेष्ठले समाजमा पछिल्लो क्रममा राजनीतिक संस्कार हावी हुन थालेकोमा चिन्ता व्यक्त गरे ।

धादिङ त्रिपरा बाराही महिला समूहकी उपाध्यक्ष वविता मल्लले सामाजिक क्षेत्रमा महिलाहरूलाई पनि अग्रसर बनाउन धादिङ समाजले भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

सिद्धलेक गाउँपालिका इकाईका उपाध्यक्ष रामप्रसाद दुवाडीले इकाइहरूबीच सहकार्य र एकता गर्दै धादिङ समाजलाई माथिल्लो दर्जाको समाजिक संस्थाको रुपमा उभ्याउनुपर्ने बताए ।

इकाइका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष यादुप्रसाद ढकाल, सञ्चालन एवं वार्षिक गतिविधि प्रतिवेदन प्रस्तुत सरोज कुँवर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशरप्रसाद काप्रीले प्रस्तुत गरेका थिए ।