समाचार

क्षेत्री समाज नेपाल कास्कीमा पुनः पदम

क्षेत्री समाज नेपाल कास्कीको तेस्रो अधिवेशनले पदमबहादुर कार्की पुनः अध्यक्षमा चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा दिलबहादुर अधिकारी, महिला उपाध्यक्षमा उषा बरुवाल, सचिव भरत थापा, कोषाध्यक्षमा गणेश बहादुर केसी, सहसचिव शेरजंग अधिकारी छन् । यसैगरी सदस्यमा रामबहादुर क्षेत्री, हरिबहादुर क्षेत्री, होमबहादुर कार्की, राजेन्द्र खेत्री, पदम कार्की, रामबहादुर लामिछाने, देवीबहादुर थापा, कालिका थापा, अर्चना बस्नेत, हिमा केसी, निर्मला बस्नेत, गीता थापा, कमल थापा, प्रेमबहादुर थापा र बुकबहादुर तिमिल्सिना छन् ।… पुरा पढौ

गुप्तेश्वर महादेव गुफा अध्यक्षमा विष्णुप्रसाद

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २३ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट विष्णुप्रसाद पौडेल अध्यक्ष निर्वाचित भएका छन् । अधिवेशनले पौडेललको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा गोपाल बराल, उपाध्यक्षमा ईश्वरीप्रसाद लम्साल, सचिवमा हरिप्रसाद लम्साल, सहसचिवमा महदत्त भट्टराई, कोषाध्यक्षमा ऋषिराम बराल, सहकोषाध्यक्षमा विजयराज आचार्य, सदस्यमा युवराज लामिछाने ‘युवक’, राजेन्द्रप्रसाद आचार्य, सीता बराल, कृष्णप्रसाद लम्साल, खेमराज बराल ‘पुष्प’ र राजन अधिकारी निर्वाचित भएका छन् । समितिका १… पुरा पढौ

रोटरीको लिडरशिप अवार्ड

रिजनका ४ रोटरी क्लको आयोजनामा रोटरी युथ लिडरशिप अवार्ड (राइला) कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ फिस्टेलको व्यवस्थापनमा युवामा नेतृत्वदायी क्षमता विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो । ३० जना महिला सहभागी तालिम ४ दिनसम्म चलेको थियो । तालिममा सहभागीलाई प्रशिक्षक युवराज त्रिपाठी प्रशिक्षक अनिल चित्रकारले प्रशिक्षण दिएका थिए । साथै प्रशिक्षार्थीलाई विभिन्न उद्योग तथा सामाजिक संघसंस्थाको अवलोकन गराइएको प्रतिभा केसीले जानकारी दिइन् । तालिममा सहभागी प्रशिक्षार्थीलाई… पुरा पढौ

नेवाः मिसा पुचः द्वारा सहयोग

नेवाः मिसा पुचः पोखरा–४, गैह्रापाटनले नारी दिवसको अवसरमा सहयोग गरेको छ । संस्थाले पोखराको कुँडहरस्थित कुँडहर दृष्टविहीन आधारभूत विद्यालयको छात्रावासलाई सहयोग गरेको हो । संस्थाले छात्रवासलाई १० वटा कपडा राख्ने बाकस र आर्थिक सहयोग गरेको सल्लाहकार शान्ता श्रेष्ठले जानकारी दिइन् । उक्त अवसरमा छात्रवास प्रमुख मिनादेवी गुरुङले विद्यालयमाथि प्रकाश पार्दै सहयोग गर्ने नेवः मिसा पुचः पोखरा–४, गैह्रापाटनलाई धन्यवाद दिइन् । नेवः मिसा पुचः की उपाध्यक्ष सुनिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको… पुरा पढौ

धादिङ समाज, ज्वालामुखी गाउँपालिका इकाइको साधारणसभा

धादिङ–पोखरा सम्पर्क समाज ज्वालामुखी गाउँपालिका इकाइको दोस्रो साधारणसभा पोखरामा सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर लम्सालले समाजको गतिविधि सफल हुनुमा एकाईको भूमिका महत्वपूर्ण रहेको बताए । कृष्णबहादुर लम्साल उनले समाजको नियमभित्र रहेर काम गर्ने इकाइलाई समाजले सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै उनले समाजको गतिधिमा थप सक्रिय भएर लाग्न समेत आग्रह गरे । संस्था स्थापना गर्दाको अनुभव सुनाउँदै धादिङ समाजका तदर्थ समिति अध्यक्ष नवराज… पुरा पढौ

म्याग्दी र मुस्ताङका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

स्वंय सेवा नेपाल तथा हाम्रो माया नेपाल संस्थाको सयूक्त साझेदारीमा मुस्ताङका बिभिन्न सामूदायिक बिद्यालयका बिद्यार्थीलाई आईतबार झोला तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।आर्थिक रुपमा पीछडिएका बिपन्न समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि संस्थाले शैक्षिक सामाग्री बितरण गरेको जनाएको छ । हाम्रो माया नेपाल जर्मनकी सदस्य नादिन कोरुस सहितको टोलीले जनहित माध्यमिक बिद्यालयका बालवालिकालाई झोला तथा शैक्षिक सामाग्री बितरण गरेका हुन्् ।संस्थाले म्याग्दी र मुस्ताङका बिद्यालयलाई शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम… पुरा पढौ

विद्यार्थीलाई सीडब्लुएसएनको शैक्षिक सहयोग

बाल हितकारी परियोजना नेपाल (सीडब्लुएसएन )ले पोखरा महानगरपालिका वडा नम्बर २८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयका विद्यार्थीलाई शनिबार शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरेको छ । संस्थाको विद्यालय सहयोग कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्मका ५५ जना विद्यार्थीलाई पोसाक र कक्षा ६ देखि १२सम्मका १ सय २० जना विद्यार्थीलाई झोला वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीलाई २ लाख बराबरको शैक्षिक सहयोग गरिएको परियोजना नेपालका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए… पुरा पढौ

राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छिन् । राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नारी नेत्रीले विश्वलाई कसरी रूपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले सम्भाषण दिनेछिन् । राष्ट्रपति भण्डारी फागुन… पुरा पढौ

मुस्ताङका ३ होमस्टेलाई पुजिगत अनुदान

संम्वन्धित स्थानीयतहको सिफारिस सहित पुजिगत अनुदानका लागि निवेदन दिएका मुस्ताङका ३ होमस्टेले शुक्रबार पुजिगत अनुदान प्राप्त गरेका छन् ।उनीहरुलाई होमस्टे संञ्चालन गर्न पाउने प्रमाणपत्र सहित गण्डकी प्रदेशले पहिलो किस्ता उपलब्ध गराएको हो । ग्रामिण होमस्टे प्रर्वधनका लागि प्रदेशका ११ जिल्लाका २ सय २८ होमस्टेले पुँजिगत अनुदानका लागि आवेदन दिएका थिए ।आवेदन दिएका होमस्टे मध्ये १ सय ९० होमस्टेले पहिलो मान्यता पाएका हुन् ।बाँकी २८ होमस्टेलाई कागजपत्र अपुग भएकाले पेन्डिङमा राखिएको… पुरा पढौ

स्वतन्त्र पत्रकार संघ गण्डकी उपाध्यक्ष दिननाथद्वारा राजीनामा घोषणा

स्वतन्त्र पत्रकार संघ नेपाल गण्डकी प्रदश उपाध्यक्ष दिननाथ बरालले पदबाट राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीका सहसचिवसमेत रहेका बरालले शनिबार राजीनामा घोषणा गर्दै अब कुनै संगठनमा नरहने जनाएका हुन् । शनिबार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा उम्मेदवारी दिएका बराल १ मतले पराजित भएका थिए । यसअघि बराल नेपाल पत्रकार महासंघ कास्कीमा स्वतन्त्र पत्रकार संघको तर्फबाट नेपाल प्रेस युनियनको सहयोगमा निर्वाचित भएका थिए । उनको स्टाटस परिस्थितिले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं