महिलालाई वंश अधिकार कानुनी रुपमा भएपनी सामाजिक रुपमा स्विकार्न नसकेको एक कार्यक्रमका बक्ताले बताएका छन् ।
पहल नेपाल कास्की र मुलबाटो प्रतिष्ठानले पोखरामा गरेको छाेरीलाई वंश अधिकार बिषयक सार्बजनिक बहस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन।
कार्यक्रमका वक्ता तथा साहित्यकार प्रगती राईले भनिन् संविधानमा महिलाको वंश अधिकार सुरक्षित गरिएको भएतापनी समाजले स्विकार्न नसक्नु दुखद हाे । अव जसरी छोराबाट बंश निरन्तर हुन्छ त्यसैगरी छोरीबाट वंश निरन्तरताको हुनुपर्छ ।
“संविधानले आमाको नामबाट सन्तानलाई नागारिकता प्रदान गर्ने कानुन बनेता पनि छोरीका सन्तानलाई आफ्नो बंश नमान्ने सामाजिक परिपाटी छ।”राइले भनिन व्यबहारमा लागू नभएसम्म कुनै पनि कानुनले पुर्णता नपाउने हुँदा निति तथा कानुनहरु व्यवहारीक बनाउन नागरिक जागरण जरुरी छ।
कार्यक्रमका अर्का बक्ता तथा महिला नेतृ निर्मला न्यौपानेले महिलाहरुमै पितृसत्तात्मक सोच हाबी भएकाले महिलाहरु पीडित हुनुपरेको बताइन।उनले पछिल्लो समयमा महिला मुक्तिका सवालमा कम्युनिस्ट पार्टी मौन रहेको आरोप लगाइन। न्यौपानेले जुन तबरबाट महिलाका समस्याहरुलाइ सम्बोधन गर्नुपर्ने हो सो अनुसार नभएको भन्दै नयाँ शिराबाट आन्दोलन गर्नु बिकल्प नरहेको बताइन्।
कार्यक्रमका बक्ता तथा अधिबक्ता शिव सुनारले प्रत्येक महिलालाई लैङ्गकि भेदभावबिना समान बंशिय हकको ब्यबस्था भएतापनि बंश अधिकार बहसको बिषय भएको बताए।
कार्यक्रममा प्राध्यापक तथा अधिबक्ता दिपक पराजुलीले छाेरीलाई बंश भन्दा अंश अधिकार पहिले दिनुपर्ने बताए । अंश अधिकार दिए वंश अधिकार स्वत प्राप्त हुने उनकाे धारणा थियाे ।
लैङ्गकि समनताका लागि समान सोच र ब्यबहार:समृद्धिको आधार १०९ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखरामा आयोजनामा गरिएको उक्त सार्बजनिक बहस कार्यक्रममा दिपा थापा,गुरुद्त्त अधिकारी,नारायण अधिकारी,इन्दिरा अधिकारीले विभिन्न जिज्ञासा राखेका थिए।सामाजिक न्याय र समताका लागि पहल नेपालका अध्यक्ष प्रकाश अधिकारीले सहजीकरण गरेका थिए ।
पहल नेपालका महासचिव लक्ष्मी सुनारले संचालन गरेकाे कार्यक्रम महिला अधिकारका क्षेत्रमा कृयाशिल मुलबाटो प्रतिष्ठान काठमाडौंको सहआयोजनामा सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे मिडिया पार्ट्नर सारङ्गी न्युज डट्कम रहेको थियो ।






