क्षेत्री समाज नेपाल कास्कीमा पुनः पदम

क्षेत्री समाज नेपाल कास्कीको तेस्रो अधिवेशनले पदमबहादुर कार्की पुनः अध्यक्षमा चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा दिलबहादुर अधिकारी, महिला उपाध्यक्षमा उषा बरुवाल, सचिव भरत थापा, कोषाध्यक्षमा गणेश बहादुर केसी, सहसचिव शेरजंग अधिकारी छन् ।

यसैगरी सदस्यमा रामबहादुर क्षेत्री, हरिबहादुर क्षेत्री, होमबहादुर कार्की, राजेन्द्र खेत्री, पदम कार्की, रामबहादुर लामिछाने, देवीबहादुर थापा, कालिका थापा, अर्चना बस्नेत, हिमा केसी, निर्मला बस्नेत, गीता थापा, कमल थापा, प्रेमबहादुर थापा र बुकबहादुर तिमिल्सिना छन् ।

नयाँ समितिलाई निर्वाचन संयोजक एवं केन्द्रीय सचिव कृष्णबहादुर थापाले पदस्थापन गरेका थिए भने निर्वाचन समिति सदस्य एवं केन्द्रीय सहकोषाध्यक्ष अर्जुनबहादुर बस्नेत, सदस्य हिमाल खड्काले पदभार ग्रहण गराए ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सबैलाई समेट्ने जातिको रुपमा क्षेत्री भएकोले राष्ट्रिय सद्भावका लागि समाजले रचनात्मक कृयाकलाप गर्नुपर्ने बताए ।
सशस्त्र प्रहरी बलका गुल्मपति मुरारी बस्नेतले जातीय सद्भावका लागि क्षेत्री समाज सक्रिय हुनुपर्ने बताए ।

कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रीय सल्लाहकार लोक बहादुर थापा, प्रेम बहादुर जिसी, पूर्व केन्द्रीय कोषाध्यक्ष केश बहाुदर केसी, केन्द्रीय महिला उपाध्यक्ष उर्मिला खड्का, पोखरा महानगर समिति अध्यक्ष गणेशबहादुर केसी, केन्द्रीय सदस्य अनिरुद्र थापा, दानबहादुर बस्नेत, दया बराल, गण्डकी प्रदेश कमिटी सचिव लक्ष्मी अधिकारी, महिला जनप्रतिनिधि अन्जु केसी, उषा बरुवाल लगायतले समाजले क्षेत्री एकतासँगै रचनात्मक गतिविधि, समाजको केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील हुनुपर्ने बताए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, गणपति मुरारी बस्नेत लगायत समाजमा महत्वपूर्ण योगदान दिनेलाई सम्मान गरिएको थियो ।

कास्की जिल्ला अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिलबहादुर अधिकारी, सचिव चेतबहादुर कार्की, कोषाध्यक्ष खुमबहादुर बरालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समाजको राष्ट्रिय एकतासहित जातीय सद्भाव भन्ने मूल नारासहित देशव्यापी रुपमा जिल्ला, नगर, गाउँपालिका, प्रदेश तथा भातृ समाजको अधिवेशन अन्तर्गत चैत १ गते गण्डकी प्रदेश समिति, चैत २ गते भातृ समाज र चैत २३ र २४ गते केन्द्रीय महाधिवेशन पोखरामा हुँदैछ ।