गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २३ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट विष्णुप्रसाद पौडेल अध्यक्ष निर्वाचित भएका छन् ।
अधिवेशनले पौडेललको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा गोपाल बराल, उपाध्यक्षमा ईश्वरीप्रसाद लम्साल, सचिवमा हरिप्रसाद लम्साल, सहसचिवमा महदत्त भट्टराई, कोषाध्यक्षमा ऋषिराम बराल, सहकोषाध्यक्षमा विजयराज आचार्य, सदस्यमा युवराज लामिछाने ‘युवक’, राजेन्द्रप्रसाद आचार्य, सीता बराल, कृष्णप्रसाद लम्साल, खेमराज बराल ‘पुष्प’ र राजन अधिकारी निर्वाचित भएका छन् ।
समितिका १ जना उपाध्यक्ष र ६ सदस्य बाहेकमा निर्वाचन भएको निर्वाचन समितिका संयोजक योगनाथ ढकालले बताए । निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार ईश्वरीप्रसाद लम्सालले १ सय ७४ मत प्राप्त गरी विजयी भए । निर्वाचित कार्यसमितिलाई शनिबार नै सपथ ग्रहण गराइएको निर्वाचन समिति सदस्य गंगालाल सुवेदीले बताए ।






