रिजनका ४ रोटरी क्लको आयोजनामा रोटरी युथ लिडरशिप अवार्ड (राइला) कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ फिस्टेलको व्यवस्थापनमा युवामा नेतृत्वदायी क्षमता विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
३० जना महिला सहभागी तालिम ४ दिनसम्म चलेको थियो । तालिममा सहभागीलाई प्रशिक्षक युवराज त्रिपाठी प्रशिक्षक अनिल चित्रकारले प्रशिक्षण दिएका थिए । साथै प्रशिक्षार्थीलाई विभिन्न उद्योग तथा सामाजिक संघसंस्थाको अवलोकन गराइएको प्रतिभा केसीले जानकारी दिइन् । तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रोटरीका पाष्ट डिष्ट्रिट गभर्नर रत्नमान शाक्य थिए । उक्त अवसरमा उनले युवाका लागि कार्यक्रम निकै फलदायी भएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए । उनले नेपालको हरेक क्षेत्रमा रोटरीले विशेष योगदान दिएको भन्दै रोटरी समाजिक कार्यमा थप अग्रसर हुनुपर्ने बताए ।
रोटरीयन श्रीमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन विश्वमणि भण्डारीले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रतिभा केसीले गरेकी थिइन् ।






