नेवाः मिसा पुचः पोखरा–४, गैह्रापाटनले नारी दिवसको अवसरमा सहयोग गरेको छ । संस्थाले पोखराको कुँडहरस्थित कुँडहर दृष्टविहीन आधारभूत विद्यालयको छात्रावासलाई सहयोग गरेको हो ।
संस्थाले छात्रवासलाई १० वटा कपडा राख्ने बाकस र आर्थिक सहयोग गरेको सल्लाहकार शान्ता श्रेष्ठले जानकारी दिइन् ।

उक्त अवसरमा छात्रवास प्रमुख मिनादेवी गुरुङले विद्यालयमाथि प्रकाश पार्दै सहयोग गर्ने नेवः मिसा पुचः पोखरा–४, गैह्रापाटनलाई धन्यवाद दिइन् ।
नेवः मिसा पुचः की उपाध्यक्ष सुनिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मैया ताम्राकारले गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका पदाधिकारीसहित २० जना सहभागी थिए । सहभागीलाई दृष्टिविहीन विद्यार्थीले सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिलाएका थिए ।






