समाचार

प्रधानमन्त्री ओली र सिके राउतको संयुक्त पत्रकार सम्मेलन

सिके राउतले छुट्टै मधेस देशको अभियान बन्द गर्ने भएका छन् । राउतले नेपालको अखण्डता स्वीकार्दै आफुले चलाएको छुट्टै मधेश देश बनाउने अभियान बन्द गर्न सहमत भएका हुन् । यसको औपचारिक घोषणा शुक्रबार दिउँसो १ बजे हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउतले आज राष्ट्रिय सभागृहमा विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । राउतसँग दुई महिनाभन्दा बढीदेखि भएको वार्तापछि उनी स्वतन्त्र मधेसको अभियान छोड्न… पुरा पढौ

सिके राउतलाई पार्टीमा भित्र्याउनेबारे नेकपाको आकस्मिक सचिवालय बैठक

-मधेसलाई अलग्गै राज्य बनाउने भन्दै पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा सचिवालय  बैठक डाकिएको हो।  विखण्डनवादी अभियान सञ्चालन गर्दै आएका राउतलाई पार्टीमा दिने जिम्मेवारीबारे निर्णय गर्न सचिवालय बैठक डाकिएको बताइएको छ। प्रधानमन्त्री ओली र राउतले संयुक्त रुपमा आज एउटै मञ्चबाट सम्वोधन गर्ने कार्यक्रम तय भएको छ। सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका… पुरा पढौ

ढुक्क भएर कार्यक्षेत्र जानुस्, थप सुविधा पाउनु हुन्छ

 सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवा सुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिएका छन् ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विहीबार प्रतिष्ठानमा आयोजना गरेको ३३ औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा उनले कर्मचारीको वृत्ति विकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पारेका हुन् । सङ्घले अहिले कर्मचारीलाई दिँदै आएको सेवा सुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने… पुरा पढौ

स्रोतमा नै फोहर छुट्याइँदै स्थानीय तह

शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगर्दा व्यवस्थापन गर्न समस्या आएको भन्दै काठमाडौँका स्थानीय तहले स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याउने योजना अघि सोरेका छन् ।  कामपा वातावरण विभागले आयोजना गरेको फोहर व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखले फोहरको उचित व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्नुपर्ने बताएका हुन् ।  कार्यक्रममा कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच साझा कार्यक्रम ल्याउनुपर्नेमा जोड… पुरा पढौ

जोमसोम एयरपोर्टको रनवे स्लोप देखि प्रि–कालोपत्रे स्तरोन्नति

मुस्ताङको एकमात्र जोमसोम बिमानस्थलको स्तरोन्नति गरिने भएको छ । सुरक्षित बिमान अवतरण तथा बिमान स्थल व्यवस्थित तुल्याउन नेपाल नागरिक उड््डयन प्राधिकरणले करिव ९ करोड बजेट बिनियोजन गरेको हो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको अध्यक्षतामा बिहिबार सरोकारवालाबीच प्रशासनमा भएको बैठकले बिमानस्थल स्तरोन्नतिकार्यलाई असर नपर्ने गरी तोकिएको समयमा पूरा गर्न जोमसोम बिमान स्थललाई उडान समय तालिका मिलाउने निर्णय गरेको हो ।बैठकले चैत्र १ गते देखि नै लागु हुने गरी पोखरा÷ जोमसोम… पुरा पढौ

विद्यार्थी बलात्कार अभियोगमा शिक्षक पक्राउ

रुकुममा एक जना शिक्षकले छात्रा बलात्कार गरेका छन् । पश्चिमको सानीभेरी गाँउपालिका ९ सिम्लीमा आफैले पढाउँदै गरेकी एक छात्रालाई बलात्कार गरेका हुन् । घटनापछि शिक्षकलाई प्रक्राउ गरिएको छ । प्रक्राउ गर्नेमा राप्ती ज्ञानोदय माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक प्रकाश खड्का रहेका छन् । उनले सोही बिद्यालयमा अध्ययनरत छात्रा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न जाऔँ भन्दै शिक्षक… पुरा पढौ

शिवम् सिमेन्टको चौथो चरणको लक्की ‘ड्र’ पोखरामा

शिवम् सिमेन्टको चौथो चरणको लक्की ड्र पोखरामा सम्पन्न भएको छ । चौथो चरणको लक्कि ड्र मा ६० कुपन मार्फत १ सय २० जना विजयी भएका छन् । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडों देखि गोसाईकुण्ड र गोसाइकुण्डदेखि काठमाडौंसम्म हेलिकप्टरमार्फत दर्शन गर्न पाउँने छन् । यसअघि पहिलो, दोस्रो र तेस्रो चरणको लक्की ड्र सार्वजनिक भई सकेको छ । काठमाडौं, हेटौंडा र जनकपुरमा सम्पन्न भएको लक्की ड्र मा ३ सय ६० जना… पुरा पढौ

मुस्ताङमा जिल्ला स्तरीय बनक्षेत्र समन्वय समिति गठन

गण्डकी प्रदेशले गठन गरेको डिभिजन बन कार्यालय मुस्ताङले बिहिबार जिल्लामा १५ सदस्यीय बनक्षेत्र समन्वय समिति गठन गरेको छ ।बनक्षेत्र व्यवस्थापन तथा योजना तर्जुमा आदीका लागि कार्यालयले समिति गठन गरेको हो । समितिमा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ संयोजक छिन्् भने, उपसंयोजक राजेन्द्र शेरचन छन्् । समिति गठन समावेशीताका आधारमा गरिएको छ।। घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकाली, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री ,जिल्ला समन्वय अधिकारी पुष्प कटुवाल ,नेकपाका जितेन्द्र शेरचन, राप्रपाका… पुरा पढौ

चितुवाको आक्रमणबाट प्रहरी घाइते

चितुवाको आक्रमणबाट कैलालीमा १ प्रहरी घाइते भएका छन् । बिहीबार बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कुल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते भएका थिए । घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा चोट पु¥याएको इलाका प्रहरी कार्यालय… पुरा पढौ

पोखरा चेम्बर अफ कमर्सले गर्यो ७ महिलालाई सम्मान

पोखरा चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा विभिन्न महिलालाई सम्मान गरेको छ । संस्थाले पोखराका ७ महिलालाईसम्मान गरेको हो । सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट उमा लामिछने, सहकारीबाट कमलादेवी गिरी, उद्यमीबाट राजकुमारी क्षेत्री, पत्रकारिताबाट नरमाया रसाइली, यातायात क्षेत्रबाट विष्णु कुँवर, कलाकारिता क्षेत्रबाट मिलन शेरचन र पर्यटन क्षेत्रबाट इन्दिरा बराल छन् । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हरिबहादुर चुमानले नेपालमा विभिन्न काल खण्डमा भए गरेका आन्दोलनले सबै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं