हाम्रो आन्दोलनको सफल अवतरण भयो – सिके राउत

। सिके राउतले आफ्नो आन्दोलनलाई सफल अवतरण गराइदिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

सरकारसँग आज भएको ११ बुँदे समझदारी सभालाई सम्बोधन गर्दै आफ्नो आन्दोलनका क्रममा हजारौ कार्यकर्ता जेलमा रहेको, यातना पाएको बताउदै आफुहरु बुद्धका अनुयायी भएकोले आफुहरुको आन्दोलनको शान्तिपूर्ण अवतरण भएकोमा खुशी व्यक्त गरेका छन् ।

राउतले आफुहरु राज्यले दमन गर्दा पनि आफुहरु अहिम्सात्मक आन्दोलन गरिरहेको विभिन्न उदाहरण समेत दिएका थिए । प्रहरीले आफुहरुलाई लाठी बर्साउदा आफुहरुले प्रहरीलाई फूल दिइएको बताएका थिए । राउतले आफुहरुले कहिल्लै पनि राज्यविरुद्ध प्रत्याक्रमणमा नउत्रीएको बताए । राउतले आफुहरुले जहिलेपनि आफ्नो आन्दोलन आफ्नो अधिकारको लागि भएको बताए ।

राउतले सिन्धुपाल्चोकमा भूकम्प जादा तराइमा आफुहरुले आम उपवास कार्यक्रम गरेर तराइका जनतालाई पहाडमा रहेकाहरुको भोकको पिडा महसुस गर्न सकुन र त्यो बराबरको अन्नदान गर्न सकोस ।

राउतले जनता भन्दा ठुलो कोही छैन । यो जनता र राज्य दुवैको जित भएकाले यसलाई अन्य अर्थ नलगाउन सबैलाई आग्रह गरेका छन् ।

राउतले अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने समय नरहेको बताउदै जनताले चाहे परिवर्तन गर्न संबिधानमा व्यवस्था गरिएको बताए ।