नेपाली कांग्रेसका सांसद अमरेश सिंहले दोस्रो बिहे गरेका छन् । सांसद सिंहले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग बंगलामुखी मन्दिरमा विवाह गर्दै दोस्रो घरजम बसालेका हुन् ।
सर्लाही घर भएका सिंहले कञ्चनपुरकी जोशीसँग लगनगाँठो कसेका हुन् । सिंहले २०६४ सालमा पहिलो विवाह गरेर २०६७ सालमा सम्बन्ध विच्छेद गरेका थिए ।
भारतको कुमायू विश्वविद्यालयमा पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो । पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी जोशीको श्रीमान विरामी भएपछि गाउँमै बस्छन् । स्रोतका अनुसार जोशी केही वर्षदेखि काठमाडौंमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन् ।




