१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

रौतहटमा १४ बर्षिय बालिकाको सामूहिक बलत्कार गरीएको छ । बिहिबार दिउसो उक्त बालिकालाई तीन जना यूवाहरुले सामूहिक बलत्कार गरेका हुन् ।

१४ वर्षीया बालिकालाई सामूहिक बलत्कार गरेपछि हत्या गरी रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा फालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

बालिकालाई यूवकहरुले फकाउँदै ना ५४ प ६४६८ नम्बरको मोटरसाइकलमा नजिकैको जंगलमा लगेर सामूहिक बलत्कार गरेका हुन् ।

किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । आरोपीहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालयदे जनाएको छ ।